पहिलो एकदिवसीय खेलेको २ वर्ष पूरा, ज्ञानेन्द्रभन्छन्ः बलियो टिम बन्दै छ,क्यानले सहयोग गर्नुपर्छ

सुवास रोकाया

काठमाण्डौ । नेपालले पहिलो अन्तराष्ट्रिय एकदिवसीय खेल खेलेको आज २ वर्ष अवधि पूरा भएको छ । एकसिदवसीय खेल खेल्ने मान्यता पाएको चार महिनापछि नेपालले २ वर्षअघि आजकै दिन अर्थात अगस्ट १ मा पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको थियो । नेपालले आफ्नो पहिलो एकदिवसीय नेदरल्याण्डस्बिरुद्ध खेलेको थियो ।

यद्यपी नेपालको पहिलो पहिलो एकदिवसीय खेलको नतिजा भने सुखद रहन सकेन । यस खेलमा नेपाल नेदरल्याण्डस्सँग ५५ रनले पराजित भएको थियो । नेपालको निम्ति ऐतिहासिक रहेको उक्त खेलमा नेदरयाण्डस्ले टस जितेर पहिले ब्याटिङ्ग गर्दै १८९ रन जोडेको थियो जवाफि ब्याटिङ्ग गरेको नेपालले ४२औं ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १३६ रन मात्र जोड्न सक्यो ।

तर यस खेलमा नेपालका लागि ज्ञानेन्द« मल्लले पहिलो एकदिवसीय अर्धशतक प्रहार गरेका थिए । उनले ६१ बल खेल्दै ८ चौकाको मद्दतमा ५१ रनको ईनिङ्ग खेलेका थिए । यस खेलमा नेपालका लागि दिपेन्द«सिंह ऐरीले ३३ रन, अनिल शाहले २१ र पारस खड्काले १२ रन बनाएका थिए । यसबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेका थिएनन् ।

बलिङ्गतर्फ नेपालका लागि कप्तान पारस खड्काले चार र सोमपाल कामीले तीन विकेट लिएका थिए ।

नेपालले पहिलो एकदिवसीय हारेको दुईदिनपछि अगस्ट ३ मा भएको दोश्रो एकदिवसीय खेलमा पहिलो जित हासिल गरेको थियो । ऐतिहासिक जित निकाल्ने क्रममा नेपालले रोमाञ्चक १ रनको जित निकालेको थियो ।

मार्च १५,२०१८ विश्वकप छनोट प्रतिस्पर्धामा नेपालले पहिलो प्ले अफमा पपुवा न्यूगिनीलाई तथा नेदरल्याण्ड्सले हङ्गकङ्गलाई पराजित गरेपछि नेपालले ईतिहासमै पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेलको मान्यता प्राप्त गरेको थियो । जिम्बाब्वेमा सम्पन्न प्रतियोगिताको प्लेअफमा नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले सहजै पराजित गरेको थियो । सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि चार बर्षका लागि अस्थाई रुपमा एकदिवसीय मान्यता प्राप्त गर्न नेपाल सफल भएको थियो ।

एकदिवसीय मान्यता निरन्तरताको लागि के गर्नुपर्छ ?

आईसीसी फम्र्याटमा एकदिवसीय मान्यता पाउनु महत्वपूर्ण भएको बताउँदै नेपालका कप्तान ज्ञानेन्द« मल्लले आन्तरिक संरचना र सोच दुबैमा ब्यापक परिवर्तन ल्याउन आवश्यक रहेको बताए । उनले नेपाल क्रिकेटले सक्दो प्रयास गरिरहेको तर एकदिवसीय मान्यता जोगाउन निकै माथिल्लो स्तरको घरेलु संरचना बनाउनै पर्ने तड्कारो आवश्यकता रहेको औल्याए ।

‘अहिले हामीले १० वटा एकदिवसीय खेलेका छौ र ६ खेल जितेका छौ । यसमै चित्त बुझाएर बस्न त सक्दैनौ तर जस्तो परिस्थिती छ त्यो अनुरुपको नतिजा नै हो भन्नुपर्छ । हामीसँग धेरै माथि पुग्ने क्षमता छ र केही समय लाग्छ हामी निकै माथिल्लो स्तरको क्रिकेट खेल्नेछौ’,मल्लले मेरोखेल डटकमसँग भने ।

उनले अहिले नेपाली क्रिकेट परिवर्तनकारी चरणमा रहेकोले केही फरक नतिजा देखिन सक्ने तर फलस्वरुप नेपाली क्रिकेट बन्दै जाने धारणा राखेका छन् । पुराना खेलाडीहरुको स्थानमा नयाँ खेलाडीहरुलाई मौका दिँदै टिम बनाउने प्रक्रियामा रहेको उनले बताए ।

‘नयाँ जोशिला युवाहरु टिममा आईरहेका छन्,उनीहरुलाई मौका दिँदै पुरानो र नयाँको मिश्रित बलिायो नयाँ नेपाली टिम बनिरहेको छ’,मल्ल भन्छन्,‘अब यो टिमलाई थप उर्जा र ससक्त बनाउन क्यानले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्छ ।’

उनले भने,‘अन्तराष्ट्रिय मान्यता पाएको २२ वर्षपछि अन्तराष्ट्रिय मान्यात पाउनु केही ढिलो भएको त हो तर घरेलु रुपमा क्रिकेटले प्राथमिकता पाएको पनि त धेरै भएको छैन नि । क्यानले एउटा स्वरुप पाएको छ, अब क्यानले आन्तरिक र अन्तराष्ट्रिय तालीका निर्माण गर्नुपर्याे । सकेसम्म आईसीसीमा लबिङ्गगरेर नेपाललाई सक्दो बढी खेल दिलाउन पर्छ अनि आन्तरिक संरचना मजबुत बनाउँदै लग्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :