कराते खेलाडीलाई सम्मान, राखेप पदाधिकारीलाई बधाई

काठमाण्डौं । नेपाल कराते संघले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का पदकधारी खेलाडीलाई सम्मान तथा राखेप पदाधिकारीलाई बधाई ज्ञापन गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै संघले घरेलु भुमीमा आयोजना भएको सागका पदकधारी खेलाडीलाई सम्मान गरेको हो भने नवनियुक्त राखेप पदाधिकारीलाई बधाई तथा शुभकामना दिएको हो ।

त्रिपुरेश्वर स्थित राखेप हातामा भएको कार्यक्रममा संघले सागका पदकधारी मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर, निर्मला तामाङ लगायत खलाडीलाई खादा ओडाएर सम्मान गर्यो । १३ औँ सागमा करातेले नेपालका लागि १० स्वर्ण, ४ रजत र ५ कास्य जितेको थियो ।

यस्तै राखेपका नवनियुक्त उपाद्ययक्ष शिव कोइराला, सदस्य सचिव रमेश कुमार सिलवाललाई लगायतलाई आगामी कार्यकालको सफलताको कामना गर्दै संघले बधाई पत्र हस्तान्तरण गर्यो ।