धोनीलाई भारतरत्न पुरस्कारले सम्मान गर्न माग

एजेन्सी । भारतीय पुर्व कप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएसंगै मध्य प्रदेश कांङग्रेस विधायक तथा पूर्व राज्यमन्त्री पीसी शर्मा ले धोनीलाई भारत रत्न पुरस्कारले सम्मान गर्न माग गरेका छन् । शर्माले भारतको केन्द्रीय सरकारलाई धोनीको उल्लेखनीय उपलब्धिहरूकालागि भारतरत्न प्रदान गर्न अनुरोध गरेका हुन् ।

धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट अवकाश लिने घोषणा गरेको एक दिन पछि शर्माले यस्तो माग गरे । भोपाल दक्षिण पश्चिमका विधायक शर्माले ट्वीट गर्दै भने , ’महान कप्तान महेन्द्र सिंह धोनीलाई भारत रत्नका साथ सम्मानित गरिनु पर्छ, जसले भारतीय क्रिकेटलाई विश्वभर विजेताका रूपमा स्थापित गरेका छन ।’

भारतका लागि तथा विश्वका लागि धोनी एक मात्र कप्तान हुन् जसले तीनै आईसीसी ट्रफी जितेका छन् । उनको कप्तानीमा भारतले २००७ टी २० विश्वकप, २०११ ओडीआई विश्वकप र २०१३ च्याम्पियन्स ट्रफी जितेको थियो । उनको सन्याससंगै उनले प्रयोग गर्ने जर्सी नम्बर लाई पपन भारतीय क्रिकेटबाट संन्यास गराउने माग चलीरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :