बक्सर सरिता देवी र पति थोइबालाई कोरोना

एजेन्सी । भारतकी अनुभवी बक्सर सरिता देवी र उनका पति थोइबा सिंह लाई कोरोना भाइरस संक्रमण भएको छ ।

बक्सर गिरी र पति थोईबालाई मंगलबार आएको नतिजामा कोरोना पोजिटिभ पाईएको हो । सरिताका पति थोईबाले भारतीय मिडियालाई आफू र पत्नी सरितालाई कोरोना देखिएको बताएका हुन् ।

उनले कोरोन देखिएपछि आफूहरु कोरोना अस्पतालमा गएको बताए । त्यहाँ उनीहरुमा कोरोनाको कु्नै लक्षण नदेखिएको समेत थोईबाले जानकारी दिए ।

थोईबाले विगत एक साता यता आफ्नो सम्पर्कमा आएका ब्यक्तिहरुलाई आइसोलसनमा बस्न र कोरोनाको परिक्षण गराउन सल्लाह दिईसकेको बताए ।

हाल दुबै जना आईसोलेसनमा बस्न शुरु गरिसकेको थाईबाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :