एशियन बक्सिङ्ग च्याम्पियनसिप स्थगित

एजेन्सी । एशियन बक्सिङ्ग च्याम्पियनसिप एक वर्षका लागि स्थगित भएको छ । कोरोना महामारीका का कारण यस वर्ष भारतमा आयोजना हुने भनिएको एशियन बक्सिङ्ग च्याम्पियनसिप २०२१ सम्मका लागि स्थगित भएको हो ।

एशियन बक्सिङ्ग संघ (एएसबीसी) को मंगलबार बसेको भर्चुअल बैठकले च्याम्पियनसिप अर्काे वर्षसम्मका लागि स्थगित गरेको हो । बैठकले कोरोनाको गति बढीरहेकोले तत्काल कुनै पनि गतिविधि गर्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै च्यामिपयनसिप स्थगित गरेको जनाएको छ ।

च्याम्पियनसिप अब २०२१ मा भारतमै हुने समेत बैठकले निर्णय गरेको छ ।