समाचार प्रभावः साग अनियमितता छानिवन समिति गठन,२१ दिनमा प्रतिवेदन दिने

काठमाण्डौ । १३औं दक्षिण एशयिाली खेलकुद साग को खेल सामाग्रीमा देखिएको आर्थिक अनियमितता र राखेप कर्मचारीद्वारा सरकारी सम्पति दुरुपयोग गरेको विषयमा छानविन गर्न समिति गठन भएको छ । सागको दौरान ब्याडमिन्टनको सामाग्री खरिदमा आर्थिक अनियमितता भएको र राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्मचारीले रुख काटेर बेचेको सम्बन्धि समाचार प्रकाशन भएपछि राखेपले दुबै विषयको छानविन गर्न बुधबार समिति गठन गरेको हो । यी दुबै विषय मेरोखेल डटकमले केही साताअघि समाचार प्रकाशन गरेको थियो ।

राखेपले गठन गरेको छानविन समितिले ब्याडमिन्टनमा देखिएको आर्थिक हिनामिना र सातदोबटोस्थित अन्तराष्ट्रिय खेलकुद परिषरमा भएका रुख काट्दै बेचेको घटना उपर छानविन गर्न २१ दिनको समयसिमा तोकेको छ । योे समितिले छानविन गरी राखेप सदस्यसचिवलाई भदौ २४ गते प्रतिवेदन बुझाउनेछ ।

राखेपले गठन गरेको ५ सदस्यीय छानविन समितिको संयोजकमा बोर्डका सदस्य गोविन्द भट्टराईलाई जिम्मेवारी दिएको छ । यस्तै सदस्यहरुमा अर्जुन बिक, महेन्द्रकुमार राई, नारायण अर्याल, पासाङ फिन्जी शेर्पा छन् । समितिलाई राखेपले ब्याडमिन्टन काण्ड र रुख काण्डको छानविन गर्ने टिओर दिएको छ ।

मेरोखेल डटकमले साउन ३० गते ब्याडमिन्टनका लवभक्त श्रेष्ठले सागको समयमा खेलाडीको सामाग्रीको फर्जी बिल पेश गर्दै पैसा खाएको र खेल्ने म्याटमा समेत अनियमितता गरेको आशंका रहेको विषयमा समाचार प्रकाशन गरेको थियो । सोही दिन श्रेष्ठले नेपाल ब्याडमिन्टन संघको उपमहासचिव पदबाट राजिनामा दिएका थिए । ३० गते नै युवा तथा खेलकुद मन्त्रीले समाचार प्रभावका कारण राखेप सदस्यसचिव,उपाध्यक्ष र सदस्यहरुलाई मन्त्रालयमा डाँकेर छानविन गरी कारवाही गर्न राखेपलाई आदेश दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :