भारतीय पूर्व बास्केटबल खेलाडी रमन गुप्ताको निधन

एजेन्सी । एशियाली खेलकुदमा दुई पटक भारतको प्रतिनिधित्व गरिसकेका बास्केटबल खेलाडी रमन गुप्ताको हृदयघातका कारण मृत्यु भएको छ । राजस्थान अलवरका रमन गुप्ता बिबिहबार बिहान बिरामी भए पछी अस्पताल पुर्याएपछि उनको मृत्यु भएको परिवारले जनाएको छ ।

गुप्ताकी पत्नीले आफ्नो बुबा अर्थात गुप्ताका ससुरा डाक्टर सुनील रस्तोगीको शान्तिकुञ्ज अलवर नर्सिङ होममा लगेकी थिईन् । नर्सिङ होम पुगेको केही समयमा नै उनको हृदयघातका कारण मृत्यु भएको हो । उनको ६७ बर्षको उमेरमा निधन भएको हो ।

रमन गुप्ता उच्च स्तरको बास्केटबल खेलाडी थिए । उनले धेरै पटक अन्तर्राष्ट्रिय बास्केटबल प्रतियोगितामा भारतको प्रतिनिधित्व गरिसकेका छन् ।

गुप्ताले सन् १९७० मा राजस्थानबाट नेशनल जुनियर बास्केटबल च्याम्पियनसिपबाट खेल जिवनको शुरुवात गरेका थिए । तयसपछि उनले १९७२ मा राजस्थानको टिमको कप्तनी गरेका थिए ।

गुप्ताले १९७४ र ९१७८ मा भारतबाट एशियन गेम्स् खेलेका थिए । उनले भारतबाट खेल्दै थुप्रै अन्तराष्ट्रिय च्याम्पिनसिपहरु जितेका थिए ।

गुप्ता विधार्थीकाल देखि नै बास्केटबलको प्रख्यात खेलाडीको रुपमा अघि बढीरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :