३५ जना राष्ट्रिय ब्याडमिन्टन खेलाडीको कोरोना बिमा हुँदै

जनार्दन खतिवडा

काठमाण्डौ । नेपाल ब्याडमिन्टन संघ (एनबीए) ले ब्याडमिन्टनका राष्ट्रिय खेलाडीहरुको कोरोना बिमा गर्न कार्यको थालनी गरेको छ । एनबीएले आजभित्रमा राष्ट्रिय खेलाडीहरुको सबै विवरण संकलनको कार्य सक्काउने र भोलिबाट बिमाको प्रक्रियामा जाने जनाएको छ ।

कोरोना कहर बढ्दै गएपछि खेलाडीहरुको स्वास्थ्य सुरक्षाका निम्ति एनबीएले कोरोना बिमा गर्ने योजना बनाएको हो । एनबीएका उपाध्यक्ष सुवास श्रेष्ठले मेरोखेल डटकमलाई शनिबारभित्रमा ३५ जना राष्ट्रिय खेलाडीहरुको विवरण संकलन भईसक्ने रआईतबारबाट बिमाको प्रक्रिया शुरु हुने बताए ।

उनले भने,‘आज शनिबार हामीले खेलाडीहरुको विवरण फोन र ईमेल मार्फत संकलन गरिरहेका छौ । भोलि आईतबारबाट बिमा कम्पनीमा दर्ता र अन्य प्रक्रिया शुरु हुनेछ । ४–५ दिनमा कोरोना बिमाको काम सबै पुरा हुनेछ ।’

विभिन्न खेल संघहरुले आफ्ना खेलाडीहरुको कोरोना बिमा गरिरहेको समयमा एनबीएले पनि आफ्ना सबै राष्ट्रिय खेलाडीहरुको बिमा गर्ने कार्यको शुरुवात गरेको हो । एनबीएले प्रत्येक खेलाडीको एक वर्षका लागि एक लाखको दरले कोरोना बिमाको योजना बनाएको हो ।

एनबीएले नेपाल ईन्स्योरेन्स् बिमा कम्पनीबाट खेलाडीहरुको कोरोना बिमा गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :