एजेन्सी । भारतका जुडो खेलाडी दिपान्शु बलायनलाई निषेधित पदार्थ फ्यूरोसामाइड सेवन गरेको आरोपमा भारतको नेस्नल डोपिङ एजेन्सी (नाडा) ले लामो प्रतिवन्धको सजाय सुनाएको छ । नाडाले एण्टि डोपिङ डिसिप्लिन प्यानल (एडीडीपी) अनुसार दिपान्शुलाई २२ महिना प्रतिवन्धको फैसला सुनाएको हो ।
गत वर्ष जुनियर एसियन जूडो च्याम्पियनसिपको लागि राष्ट्रिय टोली छनोटको बेला गरिएको परिक्षणमा उनले डोपिङ गरेको प्रमाणित भएको थियो ।
नाडाको एण्टि डोपिङ अपिल प्यानल (एडीएपी) मा २१ दिन भित्र सजायकोविरुद्ध अपिल गर्ने मौका दिदा उनले आफुलाई निर्दोश प्रमाणित गर्न नसकेपछी२२ महिनाको प्रतिवन्ध लगाईएको हो । उनको प्रतिवन्ध १७ अक्टोबर २०१९ देखि लागू हुनेछ ।
र यो पनि,क्लब नछाडेसम्म मेस्सी अभ्यासमा सहभागि हुने