सबैभन्दा धनी रेस्लरहरु (सुची सहित)

सुवास रोकाया


एजेन्सी । टेलिभिजनका पर्दामा रेस्लिङ हेर्दा बलिया कुस्तीबाजहरू लडेको हामी धेरैले देखेका छौं । विश्वभर जस्तै नेपालमा पनि रेस्लिङको क्रेज छ । रेस्लिङलाई खेलको रुपमा मान्ने एउटा जमात र नाटकको रुपमा मान्ने अर्को जमात प्रसस्तै भेटिए पनि जोन सिन्हा, अण्डटेकर, विग सो, ट्रिपल एच लगायतका रेस्लरहरुको नाम चिरपरिचित छ । नेपालमा पनि हिमालयन टाइगर लगायतका चर्चित रेस्लरहरु छन् । नेपालका बिभिन्न ठाउँमा बेलाबेलामा रेस्लिङ प्रतियोगिता सञ्चालन हुने गरेको छ ।

आज हामी रेस्लिङसँग सम्बन्धीत रहेर डब्ल्यूडब्ल्यूईका सबैभन्दा धनी रेस्लरहरुको चर्चा गर्दैछौं ।

१०. मिक फोली
डब्ल्यूडब्ल्यूई सुपरस्टार मिक फोली र्सवाधिक कमाउने रेस्लरको सुचीमा १० नम्बरमा छन् । डब्ल्यूडब्ल्यूईमा आफ्नो करियरको क्रममा मिक फोलेले तीन पटक विश्व च्याम्पियनसिपको उपाधि जितेका छन् । उनलाई २०१२ मा डब्ल्यूडब्ल्यूई हल अफ फेममा सामेल गरीएको थियो । मिक फोलेले २०१२ मा नै रेस्लिङबाट संन्यास लिएका थिए । द सनको रिपोर्ट अनुसार उनको कुल सम्पत्ति ११ दशमलव ६ मिलियन पाउण्ड रहेको छ ।

९.क्रिस ग्यारीको
सर्वाधिक धनाढ्य रेस्लरको सुचीको नावौं स्थानमा क्रिस ग्यारीकोको नाम छ । डब्ल्यूडब्ल्यूई रिङमा झन्डै तीन दशक बिताइसकेका क्रिस आधुनिक रेस्लीङका आइकन समेत मानिन्छन् । उनको कुल सम्पत्ति १३ दशमलव ९ मिलियन पाउण्ड रहेको छ ।

८.बिग शो
सर्बाधिक लोकप्रिय रेस्लर मध्ये एक सुपरस्टार हुन् बिग शो । उनलाई रिङमा देखेर सधैं सबै रोमाञ्चक हुने गर्दछन् ७ पटकका विश्व च्याम्पियन बिग शोको शरीर जस्तै भारी छ उनको सम्पत्ति पनि त्यतिनै धेरै छ । उनको कुल सम्पत्ति १५ दशमलव ५ मिलियन पाउण्ड रहेको द सनको रिपोर्टमा उल्लेख छ ।

यो पनि पढ्नु्होस्ः किर्तिमानका धनी ‘धोनी’

७. ब्रोक लेस्नर
वर्तमान समयमा डब्ल्यूडब्ल्यूई रिङमा प्रभुत्व जमाउँदै आएका ब्रक लेस्नर पनि धनी सुपरस्टारहरूको सुचीमा समावेश छन् । २०१९ मा सबैभन्दा धेरै कमाउने स्टार ब्रोक लेस्नर कुल सम्पत्ति १९ मिलियन पाउण्ड रहेको छ । उनी सातौं धनी डब्ल्यूडब्ल्यूई सुपरस्टार हुन् ।

६. कर्ट एङगल
कर्ट एङगलको बारेमा कुरा गर्दा उनले डब्ल्यूडब्ल्यूईमा प्रवेश गर्नु भन्दा पहिले धेरै कमाई गर्थे । कर्ट एङगले डब्ल्यूडब्ल्यूई प्रवेश गर्नु अघि पनि धेरै ब्राण्डहरूको लागि रेस्लीङ खेलिसकेका छन् । कर्ट एङगलको कुल सम्पत्ति १९ मिलियन पाउण्ड रहेको छ ।

यो पनि पढ्नु्होस्ः प्रदेश १ को फुटबल: राष्ट्रिय टोलीमा दबदबा, राष्ट्रिय खेलकुदमा कमजोर

५. हल्क होगन
डब्ल्यूडब्ल्यूई बाट संन्यास लिसकेका स्टार रेस्लर हल्क होगनलाई हामीले धेरै लामो समयसम्म रिङमा देखेका थियौ । सम्पूर्ण संसार उनको रेस्लिङ शैलीको फ्यान थियो । उनी धनाड्य रेस्लरको सुचीमा पाचौं नम्बरमा छन् । उनको कुल सम्पत्ति २० मिलियन पाउण्ड रहेको छ ।

४. ट्रिपल एच
आफ्नो रेस्लिङ स्टाईल र एक्सनले फ्यानलाई मन्त्रमुक्ध गर्ने सुपरस्टार ट्रिपल एच हाल विभिन्न जिम्मेवारी निभाउदैछन् । हाल उनी डब्ल्यूडब्ल्यूईमा ग्लोबल ट्यालेण्ट एण्ड स्ट्रयाटेजी डेप्लोमेण्टका उपाध्यक्ष छन् । यस बाहेक उनलाई एनएक्सटी को जिम्मेवारी समेत दिईएको छ । उनको कुल सम्पत्ति ३१ दशमलव ३ मिलियन पाउण्ड रहेको छ ।

यो पनि पढ्नु्होस्ः ५ बलर जसलाई कुनै पनि ब्याट्सम्यानले छक्का प्रहार गर्न सकेनन्

३. स्टोन कोल्ड स्टीभ ओस्टिन
स्टोन कोल्ड स्टीभ ओस्टिन सबैभन्दा धनी डब्ल्यूडब्ल्यूई सुपरस्टरको सुचीमा तेस्रो स्थानमा छन् । रीङमा बाइकबाट इण्ट्री र धमाकेदार प्रदर्शन उनको पहिचान हो । हाल उनको कुल सम्पत्ति ३५ दशमलव २ मिलियन पाउण्ड रहेको छ ।

२. जोन सीना
डब्ल्यूडब्ल्यूई सुपरस्टार जोन सीना विश्वका सबै रेस्लिङ प्रेमीहरुको हृदयमा राज गर्दछन् । लामो समयदेखि उनले रीङमा प्रभुत्व जमाउदै आएका छन् । रेस्लिङ प्रेमीहरुले उनको हार नमान्ने बानी र ईमानदार छवि मन पराउछन् । धनी सुपरस्टारहरूको सूचीमा जोन सीना दोस्रो स्थानमा छन् । धेरै फिल्महरूमा समेत अभिनय गरीसकेका जोन सीनाको कुल सम्पत्ति ४३ मिलियन पाउण्ड रहेको छ ।

यो पनि पढ्नु्होस्ः ‘फुटबल भन्दा ठुलो मेरो देश हो’

१. द रक
हलिउड होस या डब्ल्यूडब्ल्यूई रिङ आफ्नो सानदार छवी बनाएका रेस्लर र अभिनेता द रक सबैभन्दा धनी डब्ल्यूडब्ल्यूइ सुपरस्टार हुन् । उनले फिल्महरू र डब्ल्यूडब्ल्यूइबाट धेरै पैसा र नाम कमाएका छन् । उनको कुल सम्पत्ति यति धेरै छ कि अरू कुनै डब्ल्यूडब्ल्यूई सुपरस्टार उनको वरपरसम्म पुग्न सक्दैनन् । द सनको रिपोर्टका अनुसार उनको कुल सम्पत्ति २४४ मिलियन पाउण्ड रहेको छ ।

यो पनि पढ्नु्होस्ः कोरोना भाईरसका कारण मृत्यु भएका खेलाडीहरुको सूची

Leave a Reply

Your email address will not be published.