अनलाईन करातेमा नेपाललाई तीन स्वर्ण


एजेन्सी । अन्तर्राष्ट्रिय अनलाईन कराते च्याम्पियनसिपमा नेपालका तीन खेलाडीले स्वर्ण हात पारेका छन् । प्रतियोगितामा सहभागि नेपालका एभरेस्ट मार्सियल आर्ट्सका तीन खेलाडीले स्वर्ण जितन सफल भए ।

यो पनि पढ्नुहोस्ः भर्चुअल तेक्वान्दोको तयारी पूरा

महिलाको १७ बर्ष मुनीको कातामा अनुभा मगरातीले स्वर्ण जितिन् । महिलाको १२ बर्ष मुनी सुबिता गौतम र ९ बर्ष मुनी कुमुतेमा जुलियाना मोक्तानले स्वर्ण जितिन् ।

यो पनि पढ्नुहोस्ः कराते खेलाडीलाई सम्मान, राखेप पदाधिकारीलाई बधाई

यस्तै प्रतियोगितामा नेपालले ४ रजत र ४ कास्य पदक जित्न सफल भयो ।

यो पनि पढ्नुहोस्ःकाठमाडौं तेक्वान्दो संघले २ सय जनाको कोरोना विमा गर्ने

यस्तै बिभिन्न उमेर समुहमा नान्सी छेत्री , दिप्सन सापकोटा, रिना श्रेष्ठ र अनुराग पाण्डेले रजत जिते । रुद्राक्ष देबकोटा, सुबिता गौतम, प्राथना अग्रवाल र जेमिन महर्जनले कास्य जिते ।

यो पनि पढ्नुहोस्ः आर्यनलाई वल्र्ड बुक अफ रेकर्ड अवार्ड