चेन्नाईका खेलाडी सहित १२ जनामा कोरोना


एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको तयारीमा रहेको चेन्नाई सुपर किंग्सका १२ जनामा कोरोना संक्रमण देखिएको छ । १३ औं संस्करणको आईपीएलका लागि युएईमा रहेको चेन्नाई टोलीका १२ जनामा कोरोना देखिएको हो ।

यो पनि पढ्नुहोस्ःमहासचिव श्रेष्ठ सहित ओलम्पिक कमिटिका ३ जनामा कोरोना

टोलीमा वर्तमान भारतीय क्रिकेटको सिमित ओभरका क्रिकेट खेलाडी समेत छन् भने क्लबले उनीहरु सबैको नाम गोप्य राखेको छ ।

यो पनि पढ्नुहोस्ःब्याडमिन्टन खेलाडी सात्विक साईराजलाई कोरोना पुष्टि

तर भारतीय समाचार माद्यमका अनुसार कम्तीमा २ खेलाडीमा कोरोनाको संक्रमण देखिएको छ । चेन्नाईको टोलीमा कप्तान महेन्द्र सिंह धोनी, सुरेश रैना, अम्बाती रायडु, पियुस चावाला, दिपक चाहर, फास्ट बलर शार्दुल ठाकुर, केएम आसिफ, मोनु कुमार लगायत छन् । यी मध्धे केहीमा कोरोना देखिएको छ ।

यो पनि पढ्नुहोस्ःबोल्टलाई भेटेका स्टर्लिङको कोरोना रिर्पोट नेगेटिभ

कोरोना प्रभावित आईपीएल क्रिकेटको १३ औँ संस्करण युएईमा १९ सेप्टेम्बरदेखि सुरु हुँदैछ । जसका लागि चेन्नाईको टोली २१ अगस्टमा दुबई पुगेको थियो । यसपछि, सम्पूर्ण टोलीलाई ७ दिनको लागि क्यारेन्टिनमा राखिएको थियो ।

यो पनि पढ्नुहोस्ःकीर्तिमानी धावक बोल्टलाई कोरोना संक्रमण

खेलाडीमा कोरोना देखिएपछि चेन्नाईको अभ्यास तालिका प्रभावित भएको छ । तालिका अनुसार टोली शनिबार देखि सामान्य अभ्यासमा आउने तयारीमा थियो ।

यो पनि पढ्नुहोस्ःबोलोग्नाका प्रशिक्षकलाई कोरोना संक्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :