भारत सरकारले आज लाईफटाईम अचिभ्मेन्ट अवार्ड दिने तयारी गरेका प्रशिक्षक राईको निधन

एजेन्सी । आज हुने भारतको नेशनल स्पोर्ट्स अवार्डको एक दिन अघि ७९ वर्षीय एथलेटिक्स प्रशिक्षक पुरुषोत्तम राईको हृदयघातका कारण मृत्यु भएको छ ।

शनिबार आज हुने भारतको सबैभन्दा ठूलो स्पोर्ट्स अवार्ड वितरण कार्यक्रममा प्रशिक्षक राईलाई भारत सरकारले लाईफटाईम अचिभ्मेन्ट अवार्डबाट सम्मानित गर्ने कार्यक्रम रहेको थियो ।

एथलेटिक्स फेडरेशन अफ इण्डियाका अनुसार राई शुक्रबार साँझ राष्ट्रिय खेलकुद पुरस्कारको ड्रेस रिहर्सलमा उपस्थित भएका थिए । त्यसपछि उनलाई हृदयघात भयो र उनको निधन भएको हो ।

यो पनि पढ्नुहोस्ः राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल समारोह ब्यवस्थापनमा थापाको अनुभव

राईले ओलम्पियन वन्दना राव, हेप्टाथिलेट प्रमिला अयप्पा, अश्विनी नाचप्पा, मुरली कुट्टन, ईबी शिला, रोजा कुट्टी र जीजी परमिला जस्ता प्रतीभावान खेलाडीहरूलाई प्रशिक्षण दिएका छन् ।

राईले १९८७ को विश्व एथलेटिक्स् च्याम्पियनशिप, १९८८ एशियन ट्रयाक एण्ड फिल्ड च्याम्पियनशिप र १९९९ को एसएफ खेलकुदका लागि भारतीय एथलेटिक्स् टिम तयार गरेका थिए ।

यो पनि पढ्नुहोस्ः आर्थीक अभाव झेल्दै उपकप्तान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :