जोकाभिकले जिते वेस्टर्न एण्ड साउदर्न टेनिस

एजेन्सी । विश्व नम्बर एक सर्बियन टेनीस स्टार नोभाक जोकोभिकले वेस्टर्न एण्ड साउदर्न ओपन टेनिसको उपाधि जितेका छन् ।

जोकोभिकले २०२० मा आफ्नो जितको यात्रालाई जारी राख्दै रफायल नडालको किर्तिमानी ३५ वटा मास्टर्स टेनिसको जितको बराबरी गरेका छन् ।

अमेरिकाको न्युयोर्कमा गएराति सम्पन्न वेस्टर्न एण्ड साउदर्न ओपनको फाईनलमा क्यानडाका मिलोस राआनिकलाई हराउँदै उपाधि जितेका हुन् ।

यो पनि पढ्नुहोस्ःयुएस ओपनको तालिका घोषणा,जोकोभिक पहिलो वरियतामा

पहिलो सेटमा राओनिकसँग पछि परेको जोकोभिकले दोश्रो र तेश्रो सेटमा फर्कदै उपाधि हात पार्न सफल भए । जोकोभिकले मिलोसमाथि १–६, ६–३ र ६–४ को जित निकालेका थिए ।

उपाधि जिते संगै जोकोभिकको २०२०मा अविजित यात्रा कायमै रहेको छ । उनले यस सिजन को एटीपी टुरमा खेलेका सबै २३ खेल जितेका छन् ।

युएस ओपनको तयारीको रुपमा लिईने वेस्टर्न एण्ड साउदर्न ओपन सकिएको २ दिन पछि अर्थात अगस्ट ३१ बाट शुरु हुनेछ ।

यो पनि पढ्नुहोस्ःनाओमी र अजारेन्का वेस्टर्न एण्ड साउर्दन ओपनको फाईनलमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :