एफआईभीबी नेशन्स् लीगको तालिका सार्वजनिक

एजेन्सी । विश्व भलिबलको सर्वाेच्च निकाय एफआईभीबीले भलिबल नेशनस् लीग २०२१ को पूर्ण तालिका सार्वजनिक गरेको छ ।

एफआईभीबीले मंगलबार सार्वजजिक गरेका तालिका अनुसार २०२१ को मे ११ बाट महिला नेशन्स् लीगको शुरुवात हुनेछ । यस्तै मे १४ बाट पुरुषको नेशन्स् लीग सूचारु हुनेछ ।

महिला र पुरुष दुबै तर्फ १६–१६ वटा राष्ट्रको सहभागिता रहनेछ ।

पाँचा साता सम्म चल्ने लीगमा १६ राष्ट्रहरुर्ला चार समूहमा विभाजन गरिनेछ । यसबाट शिर्ष ६ राष्ट्रहरुले एफआईभीबीको शिर्ष लीगमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको फाईनल चरणका खेलहरु चिन र ईटालीमा हुनेछ । फाईनल चरणका खेलहरु जुन २३ देखि २७ सम्म संचालन हुनेछ ।

यो पनि पढ्नुहोस्ःनयाँ सीजनको लालीगा तालिका सार्वजनिक

यो पनि पढ्नुहोस्ःमेस्सि किन्न जर्मन क्लब स्टु्टगार्टका समर्थकको चन्दा संकलन अभियान