ओलम्पिक टर्च प्रदर्शनीमा

एजेन्सी । ओलम्पिक टर्च जापानको नेशनल ओलम्पिक संग्रहालयमा प्रदर्शनका लागि राखिने भएको छ ।

ओलम्पिक टर्च यसै बर्षको मार्चमा ग्रीसबाट जापानमा पुर्याईएको थियो । तर कोभिड १९ महामारीका कारण ओलम्पिक सरेपछि टर्च प्रज्जवलन गरिएको थिएन ।

टोकियो ओलम्पिक आयोजक समितिका अध्यक्ष योशिरो मोरी र जापान ओलम्पिक कमिटीका अध्यक्ष यासुहिरो यामाशिताले सोमबार ओलम्पिक टर्च संग्रहालयमा राख्ने घोषणा गरेका हुन् ।

यो पनि पढ्नुहोस्ः ओलम्पिक ज्योती र यसको प्राचिन इतिहास

टर्च अब कम्तिमा दुई महिना प्रदर्शनीमा राखिने आयोजक कमिटीले जनाएको छ ।

ओलम्पिकका लागि निर्माण गरिएको स्टेडियम नजिकै रहेको संग्रहालयमा स्वास्थ्य प्राटोकल पुरा गरी टर्च अवलोकन गर्न ससर्वसाधारणलाई खुल्ला गरिने भएको छ ।

कोरोना महामारीका कारण टोकीयो ओलम्पिक यस वर्षबाट सारेर अर्काे वर्षको जुलाई २३ देखि ८ अगस्ट बीच गर्ने योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :