ह्याण्डबल संघलाई महासंघको ७ लाख बढी अनुदान


काठमाण्डौं । कोरोना भाइरस (कोभिड–१९) प्रभावित ह्याण्डबल खेलाडी, प्रशिक्षक लगायतको सहयोगका लागि एसियाली ह्याण्डबल महासंघले नेपाल ह्याण्डबल संघलाई ७ लाख बढी निकासा गरेको छ । महासंघले ह्याण्डबल संघलाई ६ हजार स्विस फ्रांक अर्थात ७ लाख ७० हजार भन्दा बढी रकम सहयोग पठाएको होे ।

माहासंघले ६ हजार स्विस फ्रांक अर्थात ७ लाख ७० हजार रुपैयाँ हाराहारीको रकम कोरोना राहात स्वरुप पठाएको ह्याण्डबल संघले जानकारी दियो । राहत स्वरुप प्राप्त रकमले ह्याण्डबलमा आवद्ध खेलाडी, पूर्व खेलाडी, प्रशिक्षक, रेफ्रि लगायतको कोरोना बिमा हुने संघका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार अन्तराष्ट्रिय ह्याण्डबल महासंघबाट आएको सहयोग राहत वितरण लगायतका काममा लगाईने छ र कोरोनाको पछिल्लो परिस्थितीलाई मध्यनजर गरेर सबैभन्दा पहिले सम्बन्धित सबैको कोरोना बिमा हुनेछ । राहतको रकम प्राप्त हुनु अघिनै संघले २०० बढी खेलाडी लगायतको कोरोना बिमाको तयारी गरिसकेको छ ।

विश्वव्यापी रुपमा कोरोनाको महामारी वढ्दै गएपछि संघले आफ्ना खेलाडी, प्रशिक्षक तथा रेफ्रिहरुको कोरोना विमाको तयारी गरेको गुरुङले जानकारी दिएका छन् । अहिलेसम्म नेपालको प्रतिनिधित्व गर्दै कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेका सिनियर तथा जुनियर खेलाडीको बिमा गर्ने तयारी भएको उनले जानकारी दिए ।

यो पनि पढ्नुहोस्ः राष्ट्रिय फुटबलर एरिक विष्ट कोरोना मुक्त

‘महासंघबाट आएको राहत रकम ह्याण्डबल संघले जुनसुकै उमेर समुहमा रहेर पनि यसअघि नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गरका खेलाडीको बिमामा खर्च गर्नेछ’, गुरुङले मेरो खेललाई जानकारी दिँदै भने, ‘यसअघि बिभिन्न उमेर समुहको प्रतिनिधित्व गरेका खेलाडी, प्रशिक्षक, रेफ्री लगायतको पनि राहत स्वरुप आएको रकमबाट बिमा हुनेछ ।’

‘राहत वितरणको तयारीमा रहेको संघले अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक र रेफ्रिको नाम संकलनको कार्य गरिरहेको छ । उनीहरुको नाम संकलनको कार्य बुधबार (आज) सकिन्छ । त्यसपछि खेलाडी र राहत वितरण गर्नुपर्ने अन्यको नाम संकलन हुनेछ । सबैभन्दा पहिला खेलाडी र सम्बन्धित सबैको कोरोना बिमा हुनेछ र बाँकी रहेको रकम आबस्यकता अनुसार खेलाडीलाई सहयोग गरिने छ ।’ गुरुङ्ले जानकारी दिए ।

यो पनि पढ्नुहोस्ः दुबईको ब्याडमिन्टन प्रतियोगितामा पहिलोपटक नेपाली खेलाडीको सहभागिता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :