मुख्य प्रशिक्षकसहित अन्य ४ पदपूर्तीका लागि क्यानको आह्वान

काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकसहित अन्य चार पदका लागी बिहिबार खुला दार्खास्त आह्वान गरेको छ ।

आजबाट लागु हने गरी (क्यान) ले मुख्य प्रशिक्षक सहित महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक र प्रदेश प्रशिक्षक पदका लागी खुला दर्खास्त आह्वान गरेको हो ।

क्यानले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) संगको समन्व्यमा मुख्य प्रशिक्षक लगायत अन्य चार पदका निम्ति दर्खास्त आह्वान गरेको हो ।

योग्य तथा इच्छुक ब्यक्तिहरुले आगामी असोज ७ गतेभित्र आ आफ्नो निवेदन बुझाई सक्नुपर्नेछ ।

क्यानले आईसीसीसँगको समन्व्यमा मुख्य प्रशिक्षक १ जना, महाप्रबन्धक १, वित्तीय प्रबन्धक १, व्यवस्थापक १ र प्रदेश प्रशिक्षक ७ जनाको खोजीमा छ ।

यसअघि गत फेब्रुहरीमा नेपालका नियमित मुख्य प्रशिक्षक उमेश पटवालले पदबाट राजिनामा दिएपछि उक्त पद रिक्त रहँदै आएको थियो ।

ईच्छुक ब्यक्तिहरुले थप जानकारीका निम्ति cricketnepal.org.np मा हेर्न सक्नुहुनेछ ।

यो पनि पढ्नुहोस्ः डेढ वर्षपछि बल्ल राष्ट्रिय क्रिकेटरले तलब पाउने भए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :