एण्डी मुर्रे युएस ओपनबाट बाहिरिए

एजेन्सी । बेलायती एण्डी मुर्रे अमेरिकमा जारी युएस ओपनबाट बाहिरिएका छन् । शुक्रबार बिहान भएको दोश्रो चरणको खेलमा एण्डी मुर्रे क्यानडियन फेलिक्स् अगर एलिआसिमसँग हार्दे युएस ओपनबाट बाहिरिएका हुन् ।

अमेरिकाको न्युयोर्कमा आज बिहान भएको दोश्रो चरणको खेलमा फेलिक्स् अगरले मुर्रेलाई सोझो सेटमा पाखा लगाउँदै तेश्रो चरणमा स्थान पक्का गरेका छन् ।

मुर्रेबिरुद्धको खेलमा फेलिक्स् अगरले पहिलो सेट २–६ले जिते भने दोश्रो सेट ३–६ ले हात पारे । यस्तै तेश्रो सेट ४–६ ले जित्दै तेश्रो चरणमा पुगेका हुन् ।

घाटीमा समस्याका कारण लामो समय टेनिस कोर्ट बाहिर रहेको पूर्व विश्व नम्बर एक मुर्रे करिब ९ महिनापछि पहिलोपटक ठूलो ग्राण्ड स्लाम खेल्न उत्रिएका थिए ।

यसअघि उनले एक साताअघि अमेरिकामै सम्पन्न वेस्टर्न एण्ड साउदर्न ओपनमा यस सीजन पहिलो पटक कोर्टमा पाईला टेकेका थिए । उनी सो प्रतियोगितामा तेश्रो चरणबाट बाहिरिएका थिए ।

अब मुर्रे जनवरीमा हुने अष्ट्रेलीयन ओपनमा देखा पर्नेछन् ।

यो पनि पढ्नुहोस्ः कोन्टा युएस ओपनबाट बाहिरिईन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :