ओसाका नाओमी युएस ओपनको चौथो चरणमा पुगिन्

एजेन्सी । जापानकी नाओमी ओसाका युएस ओपन ग्राण्ड स्लामको चौथो चरणमा प्रवेश गरेकी छिन् ।

अमेरिकाको न्युयोर्कमा जारी युएस ओपनको तेस्रो चरणको खेलमा युक्रेनकी १८ बर्षिया मार्टा कोस्ट्युकललाई ६–३,६–७,६–४ र ६–२ को सेटमा पाखा लगाउँदै ओसाका प्रतियोगिताको प्रिक्वाटरफाईनलमा प्रवेश गरेकी हुन् ।

२०१८ युएस ओपनकी विजेता समेत रहेकी ओसाकाले प्रिक्वाटरफाईनलमा एस्टोनाीयाकी एनेट कोन्टाविटको सामना गर्नेछिन् ।

यस्तै गएराती सम्पन्न अन्य खेलहरुमा २०१६ युएस ओपन विजेता जर्मनीकी एन्जेलिक कर्बरले एन लीलाई ६–३ र ६–४ले पराजित गरिन् । उनले प्रिक्वाटरफाईनलमा अमेरिकाकी जेनिफर ब्राडीसँग खेल्ने छिन् ।

अन्य खेलमा क्रोएसियाकी पेट्रा मार्टिकले रूसकी वरवारा ग्रेचेभा लाई पाखा लगाईन् । पेट्राले अर्को चरणको खेल कजाकिस्तानकी युलिया पुटिन्टसेवाबिरुद्ध खेल्ने छिन् ।

यो पनि पढ्नुहोस्ः जोकोविक युएस ओपनको प्रि क्वार्टरफाईनलमा प्रवेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :