जोकोभिकलाई अनुशासनको कारवाही, युएस ओपनबाट निकालिए

एजेन्सी । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोविक युएस ओपनबाट अयोग्य बन्दै प्रतियोगिताबाट बाहिरिएका छन् । प्रि क्वार्टरफाईनल खेलको दौरान अनुशासनहिन कार्य गरेपछि आयोजकले उनलाई अयोग्य ठहर गरेका हुन् ।

अमेरिकाको न्युयोर्कमा गएराति भएको प्रि क्वार्टरफाईनल खेलको पहिलो सेटमा पछि पर्ने अवस्था आएपछि जोकोभिकले रिसमा बल हुत्याउँदा खेलकी लाईन्स् म्यानको घाँटीमा लाग्न पुगेको थियो ।

घाँटीमा चोट लागेकी लाईन्स् म्यानलाई साँस फेर्न अप्ठेरो भएको बताईएको छ ।

जोकोभिकले रिसमा बल हुत्याउँदा खेलकी लाईन्स् म्यानको घाँटीमा लाग्न पुगेको थियो ।

यस लगतै रेफ्रिले जोकोभिकको कार्यलाई खेलको नियम उल्लंघन गरेको भन्दै अयोग्य ठहर गरेका थिए । सर्बियाका जोकोविक प्रि क्वार्टरफाइनलमा स्पेनका पाब्लो कारोनोसँग पहिलो सेट चलिरहँदा ५–६ ले पछि परिरहेका थिए ।

जोकोभिक सर्बियाका तेस्रो खेलाडी हुन् जुन ग्राण्ड स्ल्याम इतिहासमा अयोग्य ठहरिने जोकोभिक सर्बियाका तेश्रो खेलाडी भएका छन् । यसअघि जोन मचेन्रो ११९० मा अष्ट्रेलिया ओपनबाट अयोग्य ठहरीएका थिए भने र २००० मा फ्रान्स ओपनमा स्टीफन कुब्याक अयोग्य सावित भएका थिए ।

१८ औं ग्राण्ड स्लाम जित्ने दाउँमा रहेका जोकोभिक अयोग्य ठहर भएपछि निराश बन्न पुगेका छन् ।

यो पनि पढ्नुहोस्ः  मुर्रे र स्कूप्स्कीको जोडी युएस ओपनको क्वार्टरफाईनलमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :