ब्यक्ति लक्षित निराधार समाचार प्रकाशन भएको प्रति बक्सिङ्ग संघको आपत्ति

काठमाण्डौ । नेपाल बक्सिङ्ग संघले अध्यक्ष राम अवालेको विषयमा विभिन्न अनलाईन समाचार पोर्टलमा प्रकाशित समाचारहरु भ्रामक र कपोकल्पित भएको भन्दै आपत्ति जनाएको छ । संघले अध्यक्ष  राम अवालेमाथि प्रहार गर्ने मात्र उद्देश्य सहित निरर्थक समाचार प्रकाशन गरेको प्रति गम्भिर ध्याकर्षण सहितको विज्ञप्ति जारी गरेको छ । संघले बुधबार जारी गरेको विज्ञप्तिमा समाचार बनाउँदा प्रकाशित बिषयको सत्यताका सम्बन्धमा संघ र अध्यक्षसंग कुनै जानकारी तथा परामर्श नै नलिई समाचार प्रकाशन गरेकोमा आपत्ति जनाएको हो ।

संघले नेपालमाला र घटना र विचार नामक अनलाईन समाचार संस्थाले पत्रकारिताको सिद्धान्त विपरीत एकोहोरो र मनगणन्ते समाचार प्रकाशन गरेकोमा विज्ञप्ति मार्फत ध्यानाकर्षण समेत गराएको छ ।

संघले वि.सं २०३३ मा स्थापित सम्मानित नेपाल बक्सिङ्ग संघमा हालसम्म ९–१० जनाले नेतृत्व गरेको र वर्तमान अध्यक्ष राम अवाले सर्वाधिक विवादित र असक्षम रहे भन्ने समाचार सरासर गलत रहेको उल्लेख गरेको छ । संघले समाचारलाई खण्डन गर्दे हो ।
यदि यो नेतृत्व असफल र असक्षम नै हो भने नेपाल बक्सिङ्ग संघको इतिहासमा राम अवाले सबैभनदा बढी सफल अध्यष रहेको उल्लेख गरेको छ । संघले अवालेको नेतृत्वमा दक्षिण एशियाली खेलकुदमा सर्वाधिक स्वर्णसहित सबैभन्दा बढी पदक जितेको दाबि गरेको छ ।

यस्तै संघले आफ्नो विज्ञप्तिमा अवलोको नेतृत्वमा राष्ट्रिय खेलाडीहरुलाई २ महिने , ड्ढ महिन र १ महिने गरि तिन पटक भन्दा बढी वैदेशिक तालिमको व्यवस्थासँगै विदेशी प्रशिषक डाँकेर प्रशिक्षण गराईएको जनाएको छ ।

यस्तै संघद्वारा जारी विज्ञप्तिमा अध्यक्ष अवालेको कार्यकालमा दुइ दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई अन्तर्राष्ट्रिय पदकको खडेरीलाइ मेट्दै ९ स्वर्ण,२ रजत र २ कास्य प्राप्त गरेको उल्लेख गरेको छ ।

संघले यसअघिको कार्यसमितिले गरेको सकारात्मक कार्यलाई निरन्तता दिँदैसबैभन्दा सुखद बक्सिङगको ईतिहास कोर्न खोजेको स्पष्टोक्ति समेत दिएको छ । संघले अहिलेको कार्यसमितिको कार्यकाल स्वर्ण युगको रुपमा स्थापित भएको समेत दाबि गरेको छ ।

संघले विज्ञप्ति मार्फत समाचारमा उल्लेख भए जस्तो कार्यसमतिकिो कुनै पनि सदस्यलाई बेवास्ता नगरेको र आर्थिक अपचलनका कुनै पनि आधार पेश गर्न चुनौति समेत दिईएको छ ।

बक्सिङ्ग संघका अध्यक्ष राम अवाले सन् १९८४ मा आयोजित पहिलो दक्षिण एशियाली खेलकुदमा बक्सिङग तर्फ रजत पदक प्राप्त खेलाडी समेत हुन् ।