श्रीलंकाली क्रिकेटर ओपाथाको निधन

एजेन्सी । श्रीलंकाका पूर्व क्रिकेटर एन्थोनी मारिनन ओपाथाको ७३ वर्षको उमेरमा निधन भएको छ ।

पूर्व क्रिकेटर एन्थोनी मारिनन विगत लामो समयदेखि अस्पतालमा भनाइ भएका थिए । दायाँ हाते मध्यम तिव्र गतिका बलर एन्थोनी मारिनन १९७५ र १९७९ मा श्रीलंकाको विश्वकप टिमका महत्वपुर्ण सदस्य थिए ।

उनले घरेलु क्रिकेटमा सीसीसी र एसएससीको प्रतिनिधित्व गरेका थिए ।

एन्थोनी ईङ्गल्याण्डमा क्लब क्रिकेट खेल्ने पहिलो श्रीलंकाका क्रिकेटरहरू मध्येका एक हुन् ।

उनले अन्तिम अन्तर्राष्ट्रिय खेल १९७९ मा भारत विरुद्ध खेलेका थिए । सो खेलमा उनले तीन विकेट लिएका थिए । एन्थोनी २०१८ मा श्रीलंका क्रिकेटले क्रिकेटमा गरेको सेवाका निम्ति सम्मानित हुने ४९ जना मध्येका एक खेलाडी समेत हुन् ।

यो पनि पढ्नुहोस्ः फाँसीमा झुण्ड्याईए ईरानी रेस्लर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :