आतंकको छायाँमा फक्रिएको अफगानी क्रिकेट

नमिन ढकाल

इलाम । सन १९८० को दशक ताका तालिवान आतंकले अफगानिस्तानको अवस्था जरजर थियो । दिनहुको आतंकले छिमेकी मुलुक पाकिस्तानमा धेरै जसो शरणार्थी बन्न बाध्य थिए । सोही समय अफगानी शरणार्थीहरुमा क्रिकेटमा उभार आउन सुरु गर्यो ।

सन् ८० को दशकमा पाकिस्तानमा क्रिकेटको वातावरण निकै राम्रो थियो । शरणार्थी शिविरमै रहेका बेला अफगानीहरुले क्रिकेट खेल्न सिके । टेप बल क्रिकेट (टेनिस बललाई टेपले बाधेर बनाइएको ) पाकिस्तानमा लोकप्रिय थियो । हेल्मेट, ग्लोव्स र प्याड आवश्यक नपर्ने भएकाले पाकिस्तानको गल्लीमा यस्तो खेल प्रशिद्ध थियो ।


सन १९९२ मा पाकिस्तानले विश्वकप जितेपछि स्थानीय स्तरमा समेत यसको लोकप्रियता अझै बढ्न थाल्यो । जसको प्रभाव पेशेवर आसपासको क्षेत्रमा बस्ने अफगानी शरणार्थीहरुमाझ पर्न गयो । अफगान टोलीका पूर्वकप्तान मोहम्मद नाबी पाकिस्तान स्थित एउटा शरणार्थी शिविरमा हुर्केका थिए । त्यहाँ उनी चिर्पटको ब्याट र थोत्रो कपडाले बनाइएको बलले क्रिकेट खेल्ने गर्थे । ताज मल्लिक र अल्लाह दाद नुरीले अफगानी टोली बनाएर नाबी लगायतका युवाहरुलाई क्रिकेट खेलाउने गर्थे जस्मा मल्लिकका ३ भाईहरु समेत समावेश थिए । उनीहरुले पाकिस्तानमा रहँदा नै सन १९९५ मा अफगानिस्तान क्रिकेट फेडेरेसन (हाल अफगानिस्तान क्रिकेट बोर्ड) बनाए ।

यो पनि पढ्नुहोस्ः शेन वार्न राजस्थानको मेन्टर तथा एम्बासडर

सन १९९० को दशकको अन्त्यतिर अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फर्कन थाले । तर क्रिकेट खेल्न सहज थिएन । अफगानिस्तानका सवै रंगशाला सहित खेलमा तालिवानको नियन्त्रण थियो । उनीहरुको अनुमती विना खेल्न असम्भव थियो । जव विश्वकै पुरानो क्लब मेरिलिवन क्रिकेट क्लब (एमसीसी ) का सदस्य स्टुअर्ट बेंथम अफगान वायरलेस एन्ड कम्युनिकेशनको सेयरधनीको रुपमा काबुल आएपछि उनले अफगानीहरुको क्रिकेट क्रेज देखेर एमसीसीलाई व्याट, बल र प्याड लगायत क्रिकेट सामाग्री दिन राजी गराए । जसको फलस्वरुप खेल समाग्रि वितरण भयो ।

तालिवानको अनुमतीमा ९० को दशकको अन्तिम समयमा काबुल रंगशालामा अफगानी क्रिकेटरहरुले एक म्याच खेलेका थिए । अफगानीहरुको क्रेजपछि सन २००० मा तालिवानबाट क्रिकेट खेलमात्र फुकुवा भयो ।

सन २००१ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र २००३ मा एसीसीले अफगानिस्तानलाई आवद्धता प्रदान गर्यो । गृह युद्ध र बाह्य हस्तक्षेपबीच त्यहाँ क्रिकेट खेल्नु वा हुर्कनु सजिलो थिएन । तालिवान शक्तिबाट हटेपछि प्रतिभाशाली शरणार्थी खेलाडीहरु अफगानिस्तान फर्किएर राष्ट्रिय टिम बनाउन सुरु गरे । ताज मल्लिक पहिलो प्रशिक्षक बनेर खेलाडी छनौट गरे । मे २००३ मा अफगान क्रिकेट फेडेरेसनले राष्ट्रिय टोलीका लागी ट्रायल खुल्ला ग¥यो । टिम तयार गर्नका लागी काबुलको चामेन–ए हजुरी मैदानमा आयोजित पहिलो ओलम्पिया ल्युव आयल क्रिकेट टुर्नामेन्टको उद्धघाटन खेलमा अन्तराष्ट्रिय सुरक्षा सहायत बलको टोली ताज मल्लीकको काबुल एकाडेमीसंग पराजित बन्यो । सन २००४ सम्म पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले अफगान क्रिकेट टोलीलाई आफनो भुमिमा घरेलु प्रतियोगितामा खेल्न दियो ।

सिनियर एक दिवसीय क्रिकेटमा अफगानिस्तान
सन २००४ जुन १२ देखी २४ सम्म मलेसियामा आयोजना भएको एससी इमर्जिङ ट्रफीमा ओमन विरुद्ध खेल्दै सिनियर अन्तराष्ट्रिय प्रतियोगितामा डेव्यु गरेको १५ बर्षको अन्तरालमा विश्व क्रिकेटमा अफगानस्तिानले आफनो बेग्लै पहिचान बनाउन सफल भएको छ । सिनियर क्रिकेटमा अफगानिस्तानले पछिल्लो समय लगातार टेस्ट टोलीलाई पराजित गरिरहेको छ । विश्वकपमा एसोसिएट राष्ट्रको सहभागीता र एक दिवसीय मान्यता प्रदान गर्न सन २००७ मा आइसीसीले ल्याएको वल्र्ड क्रिकेट लिगको अवधारणापछि अफगानस्तानले एकाएक छलाङ मार्यो ।

यो पनि पढ्नुहोस्ः सचिन तेन्दुल्करको परोपकारी मन

सन २००८ मा डिभिजन पाँच र चार जितेको टोली सन २००९ मा डिभिजन तीनमा युगान्डा र पपुवान्युगिनीलाई पछि पार्दै सन २०११ को विश्वकप छनौटमा स्थान बनाउन सफल भयो । १२ एसोसिएट टोली सहभागी प्रतियोगितामा उत्कृष्ट चारले विश्वकपमा स्थान बनाएका थिए जसमा अफगानिस्तान परेन । रन रेटमा स्कटल्यान्ड भन्दा पछाडी रहदै उस्ले सन २०१४ सम्मको लागी एकदिवसीय अन्तराष्ट्रिय मान्यताका साथै अन्तर महादेशीय कपमा सहभागीताको अवसर पाउन सफल भयो । अप्रिल १७ मा एक दिवसीय मान्यता पाएको टोलीले अप्रिल १९ मा विश्वकपको अनुभव बटुलेको स्कटल्यान्ड विरुद्ध जित निकाल्यो ।
सन २००९–१० को अन्तर महादेशिय कपमा आयरल्यान्ड र जिम्बाबे जस्ता बलिया राष्ट्रहरुलाई पछि पार्दै अफगानिस्तानले उपाधी जितेको थियो । सन २०१० मा आयोजना भएको एक दिवसीय स्वरुपको डिभिजन वानमा अफगानिस्तान तेस्रो भयो ।

अन्तर महादेशीय कपको २०११–१३ संस्करणमा आयरल्यान्डसंग पराजित बन्दै टोली दोश्रो बन्यो । शीर्ष दुई स्थानमा रहेका कारण आयरल्यान्डसंगै सन २०१५ को एकदिवसीय विश्वकपका लागि सोझै छनोट भयो । उक्त विश्वकपमा चार वटा एसोसिएट टोलीलाई टिकट दिइएको थियो । ऐतिहासिक विश्वकपको रुपमा रहेको प्रतियोगितामा १८ फेव्रअरीमा बंगलादेश विरुद्ध खेल्दै डेव्यु ग¥यो । १०५ रनको फराकिलो अन्तरले पराजित बनेको अफगानी टोली स्कटल्यान्डलाई १ विकेटले हराउँदै समुह ए को छैटौ स्थानमा रहदै बाहिरियो । विश्वकपको प्रर्दशनको आधारमा जिम्बाबे र आयरल्यान्डलाई पछि पार्दै आइसीसी वरियताको १० औ स्थानमा उक्लियो ।

सन २०१५ को एकदिवसीय विश्वकपपछि आइसिसीले आयरल्यान्ड र अफगानिस्तान मुख्य वरियतामा रहेको भन्दै वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप (डिभिजन वान) खेल्नु नपर्ने तर अन्तर महादेशीय कप खेल्नुपर्ने निर्णय गरेपछि सन २०१५–१७ को प्रतियोगितामा आयरल्यान्डलाई पछि पार्दै बिजेता बन्यो । २२ जुन २०१७ मा आयरल्यान्डसंगै अफगानिस्तानले टेस्ट मान्यता समेत पायो । सन २०१८ अगष्ट २९ मा आयरल्यान्ड विरुद्ध प्रतिस्पर्धा गर्दै एक दिवसीय क्रिकेटमा अफगानिस्तानले १ सय खेल मात्र पुरा गरेन मोहम्मद नाबी सवै खेलमा सहभागीता जनाउने पहिलो अफगानी क्रिकेटर बने ।

टेस्ट मान्यता पाएका १० वटा राष्ट्रविरुद्ध ८७ वटा एक दिवसीय खेलमा सहभागीता जनाएको अफगानी टोलीले ३५ खेलमा बिजय हासिल गरेको छ । अष्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र इङल्यान्ड बाहेकका अन्य टोली विरुद्ध अफगानिस्तानले जित निकाल्न सफल भएको छ । टि–२० मा टेस्ट मान्यता पाएको पुराना टोली जिम्बाबे र आयरल्यान्डमाथी अफगानिस्तान हावी हुँदै आएको छ ।

अफगानिस्तानका भेट्रान खेलाडी मोहम्मद नाबीदेखि १९ वर्षिय स्पिनर मुजिब उर रहमान ब्यावसायिक क्रिकेट प्रतियोगिताको नजरमा परिरहेका छन । इन्डियन प्रिमियर लिगमा उत्कृष्ट प्रर्दशनपछि रसिद खानले विग व्यास लिग, क्यारेवियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिगमा समेत आफनो खेल कौशल देखाइसकेका छन । सन २००९ मा आयोजना भएको एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटबाट प्राप्त गरेको सफलताकै आडमा अफगानिस्तानले अहिले विश्व क्रिकेटमा तहल्का मच्चाएको छ ।

यो पनि पढ्नुहोस्ः चोट मुक्त हुँदै स्मिथ टोलीमा फर्किए

उमेर समुहमा पनि अव्वल
सन २००९ मा आयोजना भएको एसिसी यू–१९ एलिट कपको सेमिफाइनलमा ४ पटकको बिजेता नेपाललाई पराजित गर्दै उमेर समुहमा अफगानिस्तानले बलियो उपस्थिती देखाएको थियो । सन २०१० र २०१४ मा आयोजना भएको एसियन गेम्सको क्रिकेटतर्फ दोस्रो स्थान हात पारेको अफगान यू–१९ टोली सन २०१६ मा आयोजना भएको एसिसि यू–१९ एसिया कपको सेमिफाइनलमा पुगेको थियो । सन २०१७ को पछिल्लो संस्करणमा पाकिस्तानलाई हराउँदै विजेता समेत बनेको थियो । अफगानिस्तान सन २०१८ को आइसिसी यू–१९ विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो । पाकिस्तान विरुद्धको तेश्रो स्थानको प्लेअफमा मौसम प्रतिकुल बनेपछि नेट रनरेटका आधारमा चौथो बन्यो ।

भौतिक संरचना  र लगानी
हाल अफगानिस्तानमा ३२० क्रिकेट क्लबहरु रहेका छन । ३४ मध्ये ३२ प्रान्तका आफनै क्रिकेट टिम बनाइएका छन । अफगानिस्तान क्रिकेट बोर्डले राष्ट्रलाई ५ वटा क्षेत्रमा विभाजन गरेको छ । जस्मा ४ देखी १० वटा प्रान्तका टिमहरु समावेश गरिएको छ । ११ वटा प्रान्तले आफनै क्रिकेट रंगशाला बनाएका छन । विश्वभरीका खेलाडीहरुलाई आर्कषित गर्नका लागी दुवईमा अफगानिस्तान प्रिमियर लिगको आयोजना सन २०१८ मा गरिएको थियो । सन २००८ देखी अफगान कनेक्सन (एसी) ले मेरलिवोन क्रिकेट क्लबसंगको सहकार्यमा अफगानी क्रिकेट विकासको लागी लगानी गरिरहेको छ । डिभिजन पाँचमा प्रतिस्पर्धा गर्दै गर्दा एलेक्स फेनले धुलाम्मे मैदानमा अफगानको संर्घषको बारेमा सुनेपछि पुर्व इङल्यान्डका खेलाडी तथा केन्टका कप्तान म्याथु फलेमिङसंगको समन्वयमा अफगानी क्रिकेट विकासमा २००९–१८ योजना बनाएर अगाडी बढाए । २२ प्रान्तका १ लाख बालबालिकालाई ग्रासरुटबाट क्रिकेट सिकाइएको छ ।
क्रिकेटले फड्को मारेसंगै अफगानिस्तानले रंगशाला निर्माणलाई तिव्रता दिएको छ । सन २०१० मा तत्कालिन अध्यक्ष ओमर जख्लिवालले घोषणा गरेको १० वटा मध्ये २ वटा ६÷६ हजार क्षमताको र एउटा १४ हजार क्षमताको रंगशाला निर्माण सम्पन्न भइसकेको छ । ५ वटा निर्माणको क्रममा रहेका छन् ।

सुरक्षा चुनौती र अन्तराष्ट्रिय मापदण्डको अभावका कारण अफगानिस्तानले घरेलु प्रतियोगिता आफनो देशमा गर्न सकेको छैन । आयरल्यान्डविरुद्धको अन्तर महादेशीय कप श्रीलंकाको रंगिरी डम्बुला रंगशालामा खेलको अफगानिस्तानले सन २०१० मा टि–२० विश्वकप छनौट र २ एकदिवसीय खेलका सारजाहा क्रिकेट एसोएिससन युएइको रंगशालामा क्यानडाविरुद्ध खेलको थियो । सो खेलपछि ६ बर्षसम्म सारजाहा अफगानिस्तानको घरेलु मैदान कहलियो । सन २०१६ मा भारतको ग्रेट नोयडामा रहेको शहिद बिजय सिंह पथिक स्र्पोटस कम्प्लेक्सलाई भारतीय क्रिकेट बोर्ड (बिसीसीआइ) संगको समन्वयमा अफगानिस्तानले आफनो घरेलु मैदानको रुपमा प्रयोग गर्दै आएको थियो । सन २०१९ बाट लखनउको अटल बिहारी बाज्स्पेयी अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई अफगानिस्तानको नयाँ घरेलु मैदानको रुपमा भारतले स्विकृती दिएको छ ।

यो पनि पढ्नुहोस्ः दोश्रो एकदिवसीयमा ईङ्गल्याण्ड विजयी

(विभिन्न समयमा प्रकाशनमा आएका अफगानिस्तान सम्वन्धी समाचार र फिचरका आधारमा तयार पारिएको )