दोश्रो एकदिवसीयमा ईङ्गल्याण्ड विजयी

एजेन्सी । ईङ्गल्याण्ड र अष्ट्रेलिया बिचको दोश्रो एकदिवसीय खेल ईङ्गल्याण्डले जितेको छ । यससँगै ईङ्गल्याण्ड र अष्ट्रेलिया बिचको तीन खेलको एकदिवसीय श्रृंखला १–१ को बराबरी भएको हो ।

म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा सम्पन्न दोश्रो एकदिवसीय खेलमा घरेलु टोली ईङ्गल्याण्डले अष्ट्रेलियालाई २४ रनले पराजित गरेको हो ।

ईङ्गल्याण्डले दिएको २३२ रनको सामान्य लक्ष्य पछ्याउन नसक्दा अष्ट्रेलिया पराजित भएको हो ।अष्ट्रेलियाले ४८.४ ओभरमा सबै विकेट गुमाएर २०७ रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाको लागि कप्तान एरोन फिन्चले सर्वाधिक ७३ तथा मार्नस लाबुसेनले ४८ र एलेक्स केरीले ३६ रन बनाए ।

ईङ्गल्याण्डको बलिङ्गमा जोफ्रा आर्चर, क्रिस वोक्स र स्याम करनले समान ३–३ विकेट लिदा आदील रशिदले १ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ्ग गरेको ईङ्गल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २३१ रन बनाएको थियो ।

उसका लागी कप्तान ईयोन मोर्गनले सर्वाधिक ४२, जो रेटले ३९, टम करनले ३७, आदील रशिदले अविजित ३५ रन तथा जेसन रोएले २१ रन बनाए ।

अष्ट्रेलियाको बलिङ्गमा एडम जाम्पाले ३,मिचेल स्टार्कले २ विकेट लिदाँ जोश हेजलवुड, प्याट कमिन्स र मिचेल मार्शले समान १–१ विकेट लिए ।

पहिलो एकदिवसीय खेलमा ईङ्गल्याण्ड १९ रनले पराजित भएको थियो ।

श्रृंखलाको अन्तिम,तेश्रो तथा निर्णायक खेल सेप्टेम्बर १६ बुधबार म्यानचेस्टरमा खेलिनेछ ।

यो पनि पढ्नुहोस्ः सचिन तेन्दुल्करको परोपकारी मन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :