तीन भलिबल खेलाडीलाई संघको राहत

 

काठमाण्डौं । राष्ट्रिय महिला भलिबल टिमका दुई सहित तीन खेलाडीलाई   नेपाल भलिबल संघले राहत वितरण गरेको छ । कोरोना प्रभावकाबीच नेपाल भलिबल संघले उनीहरुलाई खाद्यान्न सहयोग गरेको हो ।

राष्ट्रिय महिला टोलीका सलिना श्रेष्ठ र उषा भण्डारी तथा पुरुष टोलीका राजु बिकलाई संघले सहयोग गरेको हो । राजु भने हाल काठमाण्डौं बाहिर रहेकोले उनको बैंक खातामा नगद १२ हजार जम्मा गरिएको छ ।

कोरोना महामारीका बेला धेरै प्रभावित खेलाडीहरुलाई भलिबल संघ (एनभीए) ले खाद्यान्न सहयोग गरेको जनायो । बुधबार संघकी उपाध्यक्ष निरोस मास्के र सचिव मनबीर छन्त्यालसहितले खेलाडीहरुलाई भेटेर सहयोग प्रदान गरे ।

यो पनि पढ्नुहोस्ःभलिबल खेलाडीको १ लाखको कोरोना विमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :