क्लब भलिबल विश्व च्याम्पियनसिप रद्द

एजेन्सी । विश्व भलिबल महासंघ एफआईभिबीले क्लब भलिबल विश्व च्याम्पियनसिप रद्द गर्नै निर्णय गरेको छ ।विश्व भलिबल महासंघ को बिहिबार बसेको बोर्डको बैठकले क्लब भलिबल विश्व च्याम्पियनसिप २०२० रद्द गर्ने निर्णय गरेको हो ।

कोरोना महामारी र भ्रमणमाथि लागेको रोकको अनिश्चितासँगै समर्थकहरुको उपस्थितीको विषयमा अन्यौलता कायम रहेपछि एफआईभिबीले २०२० मा हुने भनिएको क्लब भलिबल च्याम्पियनसिप नगर्ने घोषणा गरेको हो ।

एफआईभिबीले खेलाडी र विश्वभरि छरिएको भलिबल परिवारको स्वास्थ्य प्राथमिकताको विषय रहेकोले यस वष हुने भनेको च्याम्पियनसिप रद्द गरेको जनाएको छ । उसले अब २०२१ मा च्याम्पियनसिप गर्नलाई ईच्छ्क राष्ट्रहरुको लागि दर्ता आह्वान अक्टोबरको अन्त्यसम्ममा गरि सक्ने समेत जनाएको छ ।

सन् २०१९ को क्लब भलिबल विश्व च्याम्पियनसिपको पुरुषतर्फको खेल ब्राजिलमा भएको थियो भने महिलातर्फको खेल चिनमा भएको थियो ।

पुरुष क्लब भलिबल विश्व च्याम्पियनसिपको उपाधि ईटालीयन क्लब ल्युब किभिटानोभाले जितेको थिया भने महिलाको उपाधि पनि ईटालीयन क्लब ईमोको भलिले उचालेको थियो ।

यो पनि पढ्नुहोस्ः राखेपद्वारा चार कर्मचारीको जिम्मेवारी हेरफेर