पूर्व कप्तान खड्कालाई कार दिलाउन क्यानले सहयोग गर्ने

काठमाण्डौं ।  नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टीमका पूर्व कप्तान पारस खड्काले प्राप्त गर्नुपर्ने उपहार कार दिलाउन सहयोग गर्ने भएको छ । केही बर्ष अघि तत्कालिन कप्तान पारस खड्काले प्राप्त गर्नुपर्ने उपहार कार अझै नपाएको प्रति गम्भीर बन्दै क्यानले उपहार दिलाउन प्रयास गर्ने र करछुटका लागि पहल गर्ने निर्णय गरेको हो ।

व्यवसायी सुरज वैद्यले पारसलाई टोयटाको कार उपहार दिने घोषणा गरे पनि हालसम्म दिएका छैनन् । उपहार दिने घोषणा गरेको ६ वर्ष बित्दा पनि वैद्यले पारसलाई कार नदिएपछि मंगलबार चितवनमा बसेको क्यानको बोर्ड बैठकले कार दिलाउन र कर छुटका लागि पहल गर्ने निर्णय गरेको हो ।

क्यनका सदस्य तथा बैठकमा सहभागि छुम्बी लामाका अनुसार कर छुटका लागि सहयोग गर्ने बिषयमा छलफल भएको थियो । छलफलपछि पारसलाई कार उपलव्ध गराउन कर छुटको प्रयास गर्ने निर्णय भएको लामाले बताए ।

सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा नेपाल छनोट भएपछि व्यवसायी वैद्यले तत्कालिन नेपाली टीमका कप्तान खड्कालाई कार उपहार दिने घोषाणा गरेका थिए । बैद्य तत्कालिन समय नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष थिए ।

यो पनि पढ्नुहोस्ः पुरुष क्रिकेटरको नयाँ सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :