महिला क्रिकेटरको पहिलो वर्गिकरणमै चुकेको क्यान

काठमाण्डौं ।  नेपाल क्रिकेटसंघ क्यानले गरेको महिला खेलाडीको ग्रेड निर्धारण अन्यायपूर्ण रहेको गुनासो बढेको छ । क्यानको मंगलबार चितवनमा बसेको बोर्ड बैठकले पहिलो पटक महिला क्रिकेटरको ग्रेड वर्गिकरणगरे पनि यसमा धेरै सम्भावना भएका खेलाडीहरुलाई पाखा लगाईएको भन्दै पूर्व खेलाडी तथा क्रिकेट प्रेमीले गुनासो गरेका हुन् ।

क्यानको बोर्ड बैठकले सार्वजनिक गरेको महिला क्रिकेटरको पहिलो पटकको ग्रेडमा १९ खेलाडी समावेश छन्, तर ती १९ जनामा केही खेलाडीहरुले राष्ट्रिय टिममा स्थान बनाएका छैनन् ।

एकजना पूर्व महिला क्रिकेटरका अनुसार क्यानले महिला खेलाडीलाई थोरै पारिश्रमिकमा ग्रेड समावेस गरेर विभेद गरेको छ भने, राष्ट्रिय टिममा नपरेकाका लागि कन्ट्र्याक्टमा राखेर राष्ट्रिय टिममा परेका तथा नियमति देशका लागि योगदान दिएका खेलाडीलाई बाहिर राखेर अन्याय गरेको छ ।  क्याले खेलाडीलाई तीन समुहमा वर्गीकरण गर्दै मासिक तलब पनि तोकेको छ, तर राष्ट्रिय टिममा समावेश भएका तथा अन्तर्रारष्ट्रिय प्रतियोगिता खेलेको आधारमा हुनुपर्ने वर्गीकरणमा क्यानले राष्ट्रिय टिममा नरहेका खेलाडी पनि राखेको छ ।

क्यानको निर्णय अनुसार भएको खेलाडीको वर्गीकरणमा ‘ए’ श्रेणीका खेलाडीले १५ हजार, ‘बी’ श्रेणीकाले १२ र ‘सी’ श्रेणीका खेलाडीले १० हजार मासिक पाउने छन् । महिला क्रिकेट विकासका लागी क्यानले गरेको यो महत्पूर्ण निर्णय हो । महत्वपूर्ण निर्णय भए पनि राष्ट्रिय टिमबाट लगातार घरेलु प्रतियोगिता खेल्दै आएका कतिपय खेलाडीको नाम भने क्यानको सम्झौतामा समेटिएको छैन । क्यानलले लिएको यस्तो निर्णय खेलाडीको मनोवलवृद्धि भन्दा पनि खेलाडीलाई हतोत्साहि बनाउन ेप्रति उन्मुख भएको स्पष्ट छ ।

क्यानको वर्गिकरणमा अहिलेसम्म राष्ट्रिय टोलीमा अटाउन नसकेकी कविता जोशीको नाम समेटिएको छ । उनी ‘बी’ श्रेणीमा छन् । दुई बर्षदेखि राष्ट्रिय टोलीमा रहँदै आएकी ममता चौधरीलाई क्यानले समेटेको छैन । गत वर्ष नेपालमा सम्पन्न १३ औँ सागमा राष्ट्रिय टिमबाट खेलेकी सरस्वती चौधरीसँगै सुमन खतिवडाले पनि क्यानको वर्गिकरणमा स्थान बनाउन सकिनन् ।

यो पनि पढ्नुहोस्ः मंसिर–पुसमा अन्तर्राष्ट्रिय सिरिज र पीएम कप हुने

सम्भावना भएका खेलाडीहरुलाई क्यानको सम्झौताबाट अलग गर्ने काम भएको छ, क्यानको वर्गिकरणको सर्वत्र आलोचना भएको छ । क्यानले खेलाडीको ग्रेड निर्धारणका लागि भन्दै कोषाअध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा गठन गरेको समितिको सिफारिसको आधारमा खेलाडीलाई वर्गिकरण गरेको हो ।

वर्गिकरणमा अहिलेसम्म राष्ट्रिय टोलीमा नसमेटिएकी र यु–१९ खेल्दै आएकी अनुराधा चौधरीले ‘सी’ श्रेण्ीमा मौका पाउँदा विगत दुई वर्षयता राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा नपरेकी शोभा आलेपनि अबदेखि क्यानबाट १० हजार पारिश्रमिक बुझ्नेछन् । उनको नाम क्यानको वर्गीकरणमा समेटिएको छ ।
यतिमात्र हैन क्यानले दक्षिण एसियाली खेलकुदमा विश्व कीर्तिमान कायम गरेकी बलर अन्जली चन्दलाई ‘सी’ श्रेण्ीमा राखेर वर्गीकरणमा अन्यायनै गरेको प्रस्ट देखिन्छ ।

राष्ट्रिय टोलीमा निरन्तर खेलिरहेकी सोनु खड्कालाई ‘सी’ श्रेणीमा राखिएको छ । अहिलेसम्म राष्ट्रिय टोली नपरेकी कविता जोशीसँगै गत वर्ष खेलेकी विन्दु रावल ‘बी’ श्रेणीमा छन् । उनीसँगै पछिल्लो दुई प्रतियोगितामा राष्ट्रिय टाली बाहिर रहेकी ज्योति पाण्डे पनि बी श्रेणीमा छन् । अनौठो र आश्चार्य त यो छ की, यी सबैले ‘बी’ को प्रतिनिधित्व गर्दा नियमित पहिलो रोजाईमा खेल्दै आएकी कविता कुँवरलाई भने ‘सी’ ग्रेडमा राखिएको छ

झन्डै एक दशकयता टोलीमा नियमित रहेकी सरिता मगर र राष्ट्रिय टोलीमा हालसम्म स्थान बनाउन नसकेकी कविता जोशीलाई समान ‘बी’ श्रेणीमा राखिएको छ ।
यस्तै टोलीको प्रमुख ब्याट्सम्यान विकेटकिपर काजल श्रेष्ठ ‘बी’ श्रेणीमा छिन् । भने विगत दुई वर्षयता राष्ट्रिय टोलीबाट बाहिर रहेकी ऋतु कनौजिया पनि ‘बी’ श्रेणीमा नै रहेकी छिन् ।

क्यानले महिला खेलाडीको वर्गिकरण उनीहरुको अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिता हेरेर गरेको जनाएको छ । खेलाडीको श्रेणी छनोटमा घरेलु प्रतियोगिलाई आधार बनाएको भन्ने क्यानको तर्कनै हाँस्यास्पद सुनिन्छ । त्यसैले क्यानले महिला खेलाडीलाई पहिलो पटक वर्गिकरणमा राखे पनि खेलाडी छनोटमा चुक्दा आलोचित बन्नु परेको छ ।

यो पनि पढ्नुहोस्ः मनलाग्दी गरिएको वर्गिकरण !