यामाहाको स्पोर्टी रे जेडआर १२५ एफआई स्कुटी नेपाली बजारमा सार्वजनिक

काठमाण्डौ । एमएडब्लु ईन्टरप्राईजेजले नेपालमा यामाहा कम्पनीको स्पोर्टी लुक्सको रे जेडआर १२५ एफआई स्कुटीको विक्रि वितरण शुरु गरेको छ । एमएडब्लुले यामाहा रे जेडआर १२५ एफआईलाई नेपालमै पहिलोपटक बुधबारबाट भर्चुअल बिक्री शुभारम्भ गरेको हो ।

एमएडब्लुले बुधबार आफ्नो आधिकारिक युट्युब च्यानल मार्फत यामाहाअ रे जेडआर १२५ एफआई स्कुटीको भर्चुअल कार्यक्रम मार्फत नेपाली बजारमा सार्वजनिक रुपमा विक्रि वितरण शुरु भएको जानकारी गराएको हो ।

रे जेडआर १२५ एफआई स्कुटी नेपाली युवाहरुको माँग अनुरुप पूर्ण रुपमा स्पोर्टी लुक्समा रहेको जानकारी गराएको छ । २०२० को यामाहा रेजेडआर १२५ एफआई बीएस ६ बाहिर जाने मोडेलको तुलनामा कस्मेटिक अपग्रेडहरू छन् । सुविधाहरूको सन्दर्भमा (वाई) आकारको लेड पोजिस्निगं स्पोर्टी लाईट, नयाँ डिजिटल इन्सट्रुमेन्ट क्लस्टर स्टप र स्टार्ट सिस्टम, स्मार्ट मोटर जेनेरेटर आवाज रहित सुरुवातको लागि, साईड स्टान्ड कटअफ स्विच र युनिफाइड ब्रेकिङ्ग सिस्टम यसको आकर्षक पक्षहरु हुन् ।

यो पनि पढ्नुहोस्ः  कोलकत्तालाई १ सय ९६ रनको लक्ष

यसबाहेक यढुवा पुस्तालाई लक्षित गरिएको रे जेडआर १२५ एफआई स्कुटीले प्रति लिटर ५८ किलाृमिटर माईलेज दिने कम्पनीले जनाएको छ । स्कुटीलाई अहिलेको आधुनिक बिएस भीआई प्रविधिबाट वातावरण मैत्री बनाइएको छ ।

स्कुटी ५ वटा विभिन्न रङ्गमा बुधबारबाट बजारमा उपलब्ध भएको छ ।

विभिन्न आधुनिक अपग्रेड हुनुका साथै यसलाई यामाहाकै अघिल्लो निकै चर्चित स्कूटर फसिनो १२५ एफआई बीएस ६ जस्तै हलुका बनाईएको छ ।

एमएडब्लु ईन्टरप्राईजेजले नेपालमा युवा पुस्तालाई लक्षित स्पोर्टी,स्टाईलिस र नविनतम प्रविधियुक्त दुई पाङ्ग्रे सवारीसाधन विक्रि वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :