हभार्टजको ह्याट्रिक गोलको मद्दतमा चेल्सीको फराकिलो जित

एजेन्सी । नवप्रवेशी काई हाभर्टजको ह्याट्रिक गोलको मद्दतमा चेल्सीले कारबाओ कपमा बान्र्सलेलाई हराउँदै अघिल्लो चरणमा स्थान बनाएको छ ।

आफ्नै मैदान स्ट्यामफोर्डमा गएराति भएको खेलमा चेल्सीले बान्र्सलेलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । यसै सिजन चेल्सी प्रवेश गरेका नवप्रवेशी काई हाभर्टजको ह्याट्रिक भयो भने ट्याम्मी अब्राहम, रोस बार्कली र ओलिभर जिरुडले एक एक गोलको योगदान दिए ।

खेलको शुरुवात देखि नै हाबि देखिएको चेल्सीले खेलको १९औं मिनेटमा ट्याम्मीको गोलबाट पहिलो अग्रता बनाएको थियो । यसपछि २८औं मिनटमा हभार्टजले आफ्नो डेब्यु गोल गर्दै चेल्सीलाई दोश्रो अग्रता दिलाए । यो गोलसँगै चेल्सीले पहिलो हाफमा २–० को अग्रता लियो ।

यो पनि पढ्नुहोस्ः सोमिडो र वुल्भ्सबीच ३ वर्षको सम्झौता

यसपछिको बाँकी दोश्रो हाफको खेलमा चेल्सीले बान्र्सलेमाथि थप चार गोल गर्याे । ४९औं मिनेटमा बार्कलीले गोल गर्दै चेलसीलाई ३–० को अवस्थामा पुर्याए । ५५औं मिनेटमा पुन हाभर्टजले व्यक्तिगत दोस्रो गोल गरे र चेल्सीलाई ४–० गोलको अग्रता दिलाए ।

यसको १० मिनटपछि हभार्टजले नै गोल गर्दै चेल्सीका लागि आफ्नो पहिलो ह्याट्रिक गोल पुरा गरे । यस्तै ८३औं मिनटमा जिरुडले चेल्सीका लागि गोल गर्दे चेल्सीलाई ६–० को जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :