टिभिएस एनटर्क–१२५ ले नेपाली युवाको मन जित्ने निश्चित

काठमाण्डौं । जगदम्बा मोटर्सले युवा पुस्तालाई लक्षित गर्दै नयाँ लुक्सको स्पोर्टी स्क्ुटर टिभिएस एनटर्क–१२५ नेपाली बजारमा ल्याएको छ । बुधबार भर्चुअल लन्चिङ्ग कार्यक्रमको आयोजना गर्दे जगदम्बा मोटर्सले टिभिएस एनटर्क–१२५ स्कुटर सार्वजनिक गरेको हो ।

भारतमा स्कुटर अफ दि इयर अवार्ड, अटो कार अवार्ड, वेष्ट कम्युटर टु ह्वीलर अवार्ड लगायत जितेको एनटर्क रेसिङ्ग डिएनएबाट प्रेरित रहेको कम्पनीले जनाएको छ । एनटर्क–१२५ सीसी सेग्मेन्टका अन्य स्कुटरको तुलनामा धेरै फिचर, बढी पावर तथा नयाँ स्पोर्टी लुक्सका कारण भारतमा अत्यधिक रुचाईएको स्कुटर हो ।

यसको आर्कषक आवरणका कारण नेपालमा पनि टिभिएसको यो नयाँ स्कुटर लोकप्रिय हुने कम्पनीले दाबि गरेको छ । कम्पनीका उपाध्यरुक्ष दिपक अग्रवालले धेरै फिचर र टिभिएसको नयाँ डिजाइनले स्कुटर सफल भएको बताए ।

जगदम्बा मोटर्सले टिभिएस एनटर्क–१२५ नेपालमा सर्वाधिक सफल स्कुटर बन्न सफल भएको दाबी गरेको छ ।

यो स्कुटर विभिन्न तीन भेरियन्टमा उपलब्ध छ । ड्रम ब्रेक, डिस्क ब्रेक र रेश एडिशन गरि तीन भेरियन्टमा रहेको यो स्कुटर महिलासँग युवा तथा जुनसुकै उमेर समुहका चालकलाई सुहाउँदो रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार स्कुटरमा चालकलाई हेल्मेट वार्निङ, ब्लुटुथ कनेक्ट, कल अर्लट, एमएस अर्लट, जीपीएस, टन वाइ टर्न नेभिगेशन लगायतका विशेषता छ । एनटर्कको सिग्नेचर हेड ल्याम्प र टेलिथ एयरक्राफ्ट डिजाइनको टेलल्याम्पले यसलाई स्पोर्टी बनाएको छ। स्कुटर १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ भने ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ । यो पावर फिगर अन्य प्रतिस्पर्धी १२५ सीसीको भन्दा केहि धेरै र १५० सीसीभन्दा केही कम भएको कम्पनीको दाबी छ ।

यो पनि पढ्नुहोस्ः हभार्टजको ह्याट्रिक गोलको मद्दतमा चेल्सीको फराकिलो जित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :