लामालाई सेकेन्ड क्लास रेफ्री लाइसेन्स

काठमाडौं । तेक्वान्दोका नोर्बु लामा पुम्से विधाको सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्री बनेका छन् । तेक्वान्दोका नोर्बु लामा विश्व तेक्वान्दोले मान्यता दिएका बिभिन्न कोर्समा सहभागि भएको आधारमा अन्तर्राष्ट्रिय रेफ्री बनेका हुन् ।

यो उपलब्धी हासिल गर्न विश्व तेक्वान्दो (डब्लुटी) ले मान्यता दिएको प्रतियोगिताका साथै रिफ्रेसर कोर्समा सहभागी हुन पर्ने प्रावधान छ । यसका लागि कम्ती ३ वर्षको अनुभवका साथै ५ अंक हासिल गर्नु पर्ने छ । लामाले २००८ मा बैंकक, २०१२ मा मलेसिया, २०१२ र २०१५ मा चीन तथा २०१९ मा अस्ट्रेलियामा भएको अन्तर्राष्ट्रिय रेफ्री रिफ्रेसर कोर्समा सहभागिता जनाएका थिए । त्यस्तै २०१९ मै अस्ट्रेलियामै भएको प्रेसिडेन्ट कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले लामालाई डब्लुटीबाट प्राप्त प्रमाण पत्र शुक्रबार हस्तान्तरण गरे ।तेक्वान्दोका नोर्बु लामा पुम्से विधामा सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्रीको लाइसेन्स पाउने नेपाली रेफ्री हुन् ।

यो पनि पढ्नुहोस्ः तीन भलिबल खेलाडीलाई संघको राहत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :