डाईभिङ्ग विश्वकप स्विमङ्गिको नयाँ मिति सार्वजनिक

एजेन्सी । कोरोना महामारीका कारण यस वर्षको डाइभिङ विश्वकप स्विमिङ्ग स्थगित भएको छ । विश्वकप प्रतियोगिता अप्रिलबाट सारेर यसवर्षको अन्तिममा हुने बताइएको थियो ।

विशव स्विमिङ्गको नियामक निकाय फिनाले विज्ञप्ति जारी गर्दे डाइभिङ्ग विश्वकप स्विमिङ्गको मिति स्थगन गरिएको जानकारी दिएको हो ।

फिनाले विश्वकप २०२१ को अप्रिल १८ देखि सैचालन गरिने जानकारी दिएको छ ।

कोरोनाका कारण प्रत्येक २ वर्षमा आयोजना हुने विश्वकप यस वर्ष दुई पटक स्थगन गर्नुपरेको हो । शुरुमा यसैवर्षको अप्रिलमा विश्वकपको मिति तय गरिएको थियो तर महामारीले गर्दा यस वर्षको अन्तिममा तय गरिएको तालिका समेत सार्नुपरेको फिनाले विज्ञप्तिमा जानकारी दिएको हो ।

विश्वकपको अन्तिम संस्करण २०१८ को जुनमा चीनको वुहानमा आयोजना भएको थियो ।

यो पनि पढ्नुहोस्ः ओलम्पियन नयना र उनका श्रीमानलाई कोरोना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :