ब्रिगेट कोस्गेईलाई लण्डन म्याराथनको उपाधि

एजेन्सी ।  विश्व किर्तीमानधारी धाविका ब्रिगेड कोस्गेईले लण्डन म्याराथनको २०२० मा महिला तर्फको उपाधि जितेकी छिन् । गत वर्ष शिकागो म्याराथनमा बेलायतकी पाउला र्याडक्लिफको विश्व कीर्तिमान तोडेकी २६ वर्षीय कोस्गेईले २६ दशमलव २४ माईलको म्याराथन पुरा गर्न २ घण्टा १८ मिनेट ५८ सेकेण्डको समय लगाएकी थिइन् ।

लण्डन म्याराथनको जितसंगै उनले २३ हजार २ सय युरो पुरस्कार शारी हात पारेकी छिन् । २०१९ विश्व च्याम्पियन अमेरिकाकी सारा हलले म्याराथन २ घण्टा २२ मिनेट १ सेकेण्ड मा पुरा गरी दोस्रो स्थानमा चित्त बुझाईन भने केन्याकी रुथ चेपटेटिचले म्याथन २ घण्टा २२ मिनेट ५ सेकेण्डमा पुरा गरी तेस्रो हुन सफल भइन् ।

यो पनि पढ्नुहोस्ः बार्सिलोनालाई सेभियाको चुनौती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :