आइपीएलमा मुम्बइको तेस्रो जित

एजेन्सी ।  आईपीएल क्रिकेटमा मुम्बइ इण्डियन्सले तेस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ३४ रनले हराउँदै मुम्बईले आईपीएलको १३ औं संस्करणमा तेस्रो जित निकालेको हो ।  जितसंगै मुम्बई ५ खेलमा ६ अंक जोड्दै तालिकाको शिर्ष स्थानमा समेत उक्लिएको छ ।

युएईको सारजहा क्रिकेट मैदानमा भएको खेलमा मुम्बइले दिएको २ सय ९ रनको लक्ष पछ्याएको हैदराबाद पुरै २० ओभर खेल्दा ७ विकेट गुमाएरु मात्र १ सय ७४ रनमा समेटियो । हैदराबादका लागि कप्तान डेभिड वार्नरले ६० रन बनाए पनि हार टार्न सकेनन् । ओपनर वार्नरले ४४ बलको सामना गर्दै ५ चौका र २ छक्का हिर्काए । मनिस पाण्डेले ३० र जोनि वेरस्टोले २५ रन बनाए । अव्दुल समदले २० र अभिषेक शर्माले १० रन बनाउँदा अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।  मुम्बइका ट्रेन्ट बोल्ट र जेम्स प्याटिन्सोन र जसप्रित बुम्राहले समान दुईदुई विकेट लिए । कुनाल पान्डेयाको नाममा १ विकेट रहयो ।

यसअघि युएईको सारजहा क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बइले २०९ रनको लक्ष दिएको थियो । मुम्बइले निर्धाति २० ओभर खेल्दै ५ विकेटको क्षतीमा २०८ रन बनायो ।

मुम्बईका लागि ओपनर क्विन्टन डि ककको प्रदर्शन सानदार रहयो । उनले ६७ रनको अर्धशतकिय पारी खेले । अर्का ओपनर तथा कप्तान रोहित शर्मालाई मात्र ६ रनमा गुमाएपछि धर्मराएको पारी डि कक र सुर्य कुमार यादबले सम्हाले । डि ककले ३९ बलमा चार चौका र चार छक्का हिर्काएपछि रसिद खानको बलमा क्याच आउट भए । सुर्य कुमारले २७ रन बनाए । यस्तै इशन किसनको नाममा ३१ रन रहयो । हार्दिक पाण्डेयाले १९ बलमा २८ रन बनाउँदा पोलार्ड १३ बलमा २५ रन र कुनाल पाण्डेया ४ बलमा २० रन बनाउँद अविजित रहे । हार्दिक, पोलार्ड र कुनालले अन्तिम ६ ओभरमा ७३ रन बनाए ।

हैदराबादका सन्दीप शर्मा र सिदाथै कौरले समान २ २ विकेट लिए । रसिद खानले १ विकेट हात पारे ।

यो पनि पढ्नुहोस्ः हैदराबादलाई मुम्बईको २०९ रनको लक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :