आयशा र पार्वतीलाई स्वर्ण

काठमाडौं । आयशा शाक्य र पार्वती गुरुङले प्रथम बंगलादेश तेक्वान्दो अनलाइन अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका छन् । अनलाईन संस्करणमा सहभागिता जनाएका दुबैले आआफ्नो तौल समुहमा स्ववर्ण जितेका हुन् ।

गत वर्ष घरेलु भुमीमा आयोजना भएको सागमा एकल र समूहमा स्वर्ण पदक जितेकी आयशाले आइतबार सागपछि पहिलो पटक अनलाइन प्रतिस्पर्धामा स्वर्ण हात पारेकी हुन् ।

महिलातर्फ आयशाले ४० वर्षमुनि र पार्वतीले ३० वर्षमुनि उमेरसमूहमा स्वर्ण जितेका हुन् । तेक्वान्दो प्रशिक्षक ओलम्पियन दीपक विष्टका अनुसार पार्वतीले स्वर्ण जितेको प्रतिस्पर्धामा अर्की नेपाली खेलाडी निता गुरुङ रजतमा सीमित भइन् ।

पुरुष २४ वर्षमुनि कृष्णबहादुर तामाङले रजत हात पारे भने दीपेन्द्र गुरुङले छैटौं स्थानमा रहे । सोही उमेरसमूहको महिला स्पर्धामा सिना मादेन दोश्रो भइन् ।

यो पनि पढ्नुहोस्ः लामालाई सेकेन्ड क्लास रेफ्री लाइसेन्स