कविराज, आयशा र विकेश अन्तर्राष्ट्रिय प्रशिक्ष बन्न सफल

काठमाण्डौं ।  तीन नेपाली राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक अन्तराष्ट्रिय कोच प्रमाण पत्र लिन सफल भएका छन् । विश्व तेक्वान्दो महासंघले असोज १६ देखि १८ गते सम्म संचालन गरेको पारा तेक्वान्दो अनलाईन अन्तराष्ट्रिय कोच सर्टिफिकेट कोर्समा सहभागी नेपाली प्रशिक्षक उत्तीर्ण भएसंगै उनीहरुले अन्तर्राष्ट्रिय प्रशिक्षकको सफलता हात पारेका हुन् ।

कविराज नेगी लामा, आयशा शाक्य र विकेश विडारीले इन्टरनेसनल कोच सर्टिफिकेट लाइसेन्सका लागि कोर्समा सहभागिता जनाएका थिए ।

विश्व तेक्वान्दो महासंघको आयोजनामा मिति २०७७ आश्विन १६ गते देखि १८ गते सम्म सञ्चालित चौथो वल्ड पारा तेक्वान्दो अनलाइन इन्टरनेसनल कोच सर्टिफिकेसन कोर्स (लेभल वान) मार्फत उनीहरु सर्टिफिकेट लाइसेन्स लिन सफल भए ।

कोर्समा पारा तेक्वान्दोको इतिहास, कोच एडमिनिट्रेसन लगायत आधादर्जन बढी बिषयमा जानकारी दिईएको थियो ।

सहभागि तीनै प्रशिक्षकलाई १०० पूर्णङ्कको परिक्षा लिईएको थियो । जसमा सबै नेपाली प्रशिक्षकले शतप्रतिशत अंक ल्याएको जनाईएको छ ।

प्रशिक्षक कविराजले सन् २०१६ मा दक्षिण कोरियामा भएको डब्लुटिएफ पार्टनरसिप तेक्वान्दोको पारा कोर्समा पनि सहभागिता जनाएका थिए ।

यो पनि पढ्नुहोस्ः आयशा र पार्वतीलाई स्वर्ण