कप्तान स्मिथलाई १२ लाख जरिवाना

एजेन्सी ।  जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा स्लो ओभर रेटका कारण राजस्थान रोयल्सका कप्तान स्टिभ स्मिथलाई जरिवाना गरिएको छ । मंगलबार राति भएको मुम्बई इन्डियसविरुद्धको खेलमा स्लो ओभर रेटका कारण उनलाई आर्थिक जरिवाना गरिएको हो ।

इण्डियन प्रिमियर लिग मा स्मिथले मुम्बइविरुद्धको खेलमा सामामन्यतथा ९० मिनेटमा सक्नु गर्ने इनिङ्सका लागि लामो समय लगाएका थिए । जसकारण उनलाई १२ लाख भारतीय रुपैया जरिवाना गरिएको हो ।

मंगलबार राति सम्पन्न खेलमा साविक बिजेता मुम्बईले राजस्थानलाई ५७ रनले पराजित गरेको थियो ।

यसअघि जारी आईपीएलमा स्लो ओभर रेटमा बलिङ गराएको भन्दै रोयल च्यालेन्जर ब्याङ्गलोरका कप्तान विराट कोहली र दिल्ली क्यापिटलका कप्तान श्रेयस ऐयरलाई समेत जरिवाना गरिएको थियो ।

यो पनि पढ्नुहोस्ः राजस्थानलाई हराउँदै मुम्बई शीर्ष स्थानमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :