मिस्बाह अब मुख्य प्रशिक्षक मात्र

एजेन्सी ।  पाकिस्तान क्रिकेटका पूर्व कप्तान मिस्बाह उल हकले पाकिस्तानी क्रिकेट टिम छनोटकर्ताको प्रमुखबाट राजीनामा दिएका छन् । पाकिस्तान क्रिकेट बोर्डले बुधबार मिस्बाह उल हकले राजीनामा दिएको जानाकारी गराएको छ ।

४६ वर्षीय मिस्बाहलाई बोर्डले गत वर्षको सेप्टेम्बरमा खेलाडी छनोटको प्रमुखको समेत जिम्मेवारी दिदै राष्ट्रिय टिमको मुख्य प्रशिक्षक समेत नियुक्त गरेको थियो ।

छनोटको प्रमुखबाट राजिनामा दिएपछि उनी अब प्रमुख प्रशिक्षकमा केन्द्रित रहने छन् ।

यस्तै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) द्वारा नियुक्त स्वतन्त्र न्यायीक छानबिन समितिले पाकिस्तान क्रिकेट टिमका पूर्व कप्तान सलीम मलिकले प्रशिक्षक बन्न पाउ भनि दाएर गरेको निबेदनको सुनुवाई गरेको छ । उनको निबेदनको सुनुवाई पुरा भए पनि फैसला भने १५ दिनपछि सुनाउने बोर्डले जनाएको छ ।

विश्वस्त सुत्रका अनुसार सुनुवाईपछि मलिकले प्रशिक्षकको भुमिका निर्वाह गर्न पाउनेछन् । सन् २००० मा म्याच फिक्सिङमा सम्लग्न भएको भन्दै उनलाई पीसीबीले आजीवन प्रतिबन्ध लगाएको थियो । हालै उनीमाथिको कसुर पाकिस्तानको तल्लो अदालतले खारेज गरेपछि उनले प्रशिक्षक बन्न पाउ भनि पीसीबीमा निबेदन दिएका थिए । बोर्डले अहिलेसम्म मलिकलाई क्रिकेट गतिविधीमा सम्लग्न हुन दिएको छैन, तर मुद्दाको सुनुवाई पछि भने उनी सकृय हुने सम्भावना छ ।

यो पनि पढ्नुहोस्ः क्रोएसिया र फ्रान्स खेल्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :