पीएसजी लिग वानको शीर्ष स्थानमा

एजेन्सी ।  युवा फर्वाड केलियन एम्बाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा सहज जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सिमित निम्समाथि ४–० को जित निकाल्यो ।

पीएसजीको जितमा एम्बाप्पेले २, अलेसान्ड्रो फ्लोरेन्जी र पाव्लो सराबियाले एकएक गोल गरे । विंगर नेयमार जुनियर ब्राजिलको राष्ट्रिय टोलीमा रहेका कारण पीएसजीको खेलमा अनुपस्थित थिए ।

सुरुवाती १२ औं मिनेटमा लोइक लान्ड्रेले रातो कार्ड खाएपछि १० खेलाडीमा समेटिएको निम्सले प्राप्त केही अवसरलाई गोलमा परिणत गर्न सकेन ।

खेलको ३२ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ७७ औं मिनेटमा फलोरेन्जीले पीएसजीको अग्रता दोब्बर बनाए ।

८३ औं मिनेटमा एम्बाप्पले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । ८८ औं मिनेटमा सराबियाले गोल गर्दै पीएसजीको ४–० को जित सुनिश्चित गरे ।

जितसंगै पीएसजी ७ खेलबाट १५ अंक जोडेको छ । पीएसजी सातौं चरणको समाप्तीमा शीर्ष स्थानमा समेत उक्लिएको छ ।

यो पनि पढ्नुहोस्ः दसैं लगत्तै अभ्यास, तिहार लगत्तै मैत्रीपूर्ण !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :