उमर गुलद्वारा सन्यास घोषणा

एजेन्सी ।  पाकिस्तानका क्रिकेटर उमर गुलले सन्यास घोषणा गरेका छन् । गुलले शुक्रबार सबै खाले क्रिकेट फम्र्याटबाट सन्यासको घोषणा गरेका हुन् ।

३६ वर्षीय बलर गुल पाकिस्तानका महत्वपूर्ण फास्ट बलर थिए । उनले सन् २००३ मा पाकिस्तानका लागि डेब्यु गरेका हुन् । पाकिस्तानको यू–१९ टोलीमा समेत सफल बलरको भुमिका निभाएका गुलले जिम्बाव्बेविरुद्ध खेल्दै एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए ।

गुलले ४७ टेस्ट, १ सय ३० एकदिवसीय र ६० टी–ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।

“दुई दशकदेखि मेरो क्लब, शहर, प्रान्त र देशको विभिन्न तहमा प्रतिनिधित्व गर्न पाउनु सम्मानको कुरा हो” ,  गुलले भने, “मैले मेरो क्रिकेटको पूर्ण आनन्द पाएको छु । जसले मलाई कडा परिश्रम, सम्मान, प्रतिबद्धता र दृढ संकल्पको मूल्य सिकाएको छ ।”

उनले आफ्नो क्रिकेट यात्राको क्रममा धेरै किसिमका मानिसहरुलाई भेट्न पाउँदा खुशी लागेको बताए ।

‘जसले मलाई कुनै न कुनै तरिकाले सहयोग गरेका छन ती सबै व्यक्तिहरूको साथ साथै मेरो टीमका साथीहरूलाई धन्यवाद र समर्थनका लागि प्रशंसकहरुलाई विषेश धन्यवाद ।’ सन्यास घोषणा गर्दै उनले भने ।

गुलले उमेर समूह क्रिकेटको माध्यमबाट अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेका थिए । उनले २००२ यु १९ विश्व कपमा पहिलो पटक पाकिस्तानको प्रतिनिधित्व गरेका थिए । त्यसको एक बर्ष पछि २००३ मा दक्षिण अफ्रीकामा आयोजित एकदिवसीय विश्वकपमा पाकिस्तानको सिनियर टोलिको हिस्सा बनेका थिए ।

यो पनि पढ्नुहोस्ः मुम्बई शीर्ष स्थानमा उक्लियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :