पाब्लो जाबालिटाको सन्यास

एजेन्सी ।  म्यानचेस्टर सिटी र अर्जेन्टिनाका पूर्व राइट ब्याक डिफेण्डर पाब्लो जाबालिटाले व्यावसायीक फुटबल करीयरबाट संन्यासको घोषणा गरेका छन् । उनले ट्वीटर मार्फत संन्यास लिएको बताए ।

अन्तिम तीन सिजन वेस्ट ह्याममा बिताएका ३५ बर्षीय जाबालिटा यस जूनदेखि कुनै क्लवमा आवद्ध थिएनन् ।

“धेरै भावनाहरूको साथ, मेरो जीवनका अविस्मरणीय क्षणहरुलाई छोडेर जादै छु”, जाबालेटाले ट्वीटरमा लेखेका छन्, ”मेरो दुई दशक लामो व्यावसायिक फुटबल करीयरमा मलाई साथ दिने टीमका साथीहरू, प्रशिक्षकहरू र प्रशंसकहरूलाई आनन्द लिने अवसरका लागि धन्यवाद ।’

अर्जेन्टिनाका लागि ५८ अन्तर्राष्ट्रिय फुटबल खेलेका जाबालेटाले २००५ मा स्पानियोल जानु अघि सान लोरेन्जोबाट आफ्नो करियर सुरू गरेका थिए । उनी २००८ मा म्यानचेस्टर सिटीमा आबद्ध थिए । सीटीका लागि उनले दुई प्रिमियर लिग उपाधि, दुई लिग कप र एक एफए कप जितेका छन् । त्यस पछि उनि २०१७ मा वेस्ट ह्याम गएका थिए ।

यो पनि पढ्नुहोस्ः पीएसजी लिग वानको शीर्ष स्थानमा