म्यान्चेस्टर सिटीलाई आर्सनलको चुनौती

एजेन्सी ।  प्रिमियर लिग फुटबलमा शनिबार म्यानचेस्टर सिटी र आर्सनल खेल्दैछन् । शनिबार राति लिगको चौथो चरणको खेलमा सिटी र आफ्नो पाचौं चरणको खेलमा आर्सनल आमने सामने हुन लागेका हुन् । सिटीको घरेलु मैदानमा खेल नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ ।

चौथो चरणको खेलमा लण्डन क्लबसंग प्रतिस्पर्धा गर्दा सिटी घरेलु मैदानमा जित निकाल्ने लक्षमा हुनेछ । सिटीले लिगमा अहिलेसम्म तीन खेल खेल्दा १ मात्र जित निकालेको छ । यस्तै १ खेल बराबरी र एक खेल हारको समाना गरेको सिटी अंक तालिका सुधारको दाउमा हुनेछ ।

आर्सनलविरुद्ध सिटीलाई चोटले सताउने छ । फरवार्ड सर्जियो अगुइरो र ग्याब्रियल जिसस टोलीमा छैनन् भने रहिम स्ट्रलिङ र केभिन डि ब्रुइनेले समेत खेल्ने सम्भावना न्युन छ ।

यता, आर्सनल सिटीलाई उसकै मैदानमा पराजित गर्ने दाउमा हुनेछ । आर्सनलले लिगमा ४ खेलबाट ९ अंक जोडेको छ । एक खेलमा पराजित भएको आर्सनल तालिकामा सुधार चाहान्छ । उसका लागि ब्राजिलियन विंगर विलियन, एलेक्जेन्डर लाकाजेट, डेभिड लुइज लगायत खेलाडी महत्वपूर्ण हुनेछन् । फर्वाड इमिरेक अवामियाङले भने खेल गुमाउने सम्भावना छ ।

यो पनि पढ्नुहोस्ःपाब्लो जाबालिटाको सन्यास