दिल्लीलाई शीर्ष स्थानमा उक्लिने मौका

एजेन्सी ।  इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार दुई खेल हुदैछन् । शनिबार हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

१३ औं संस्करणको आईपीएलमा नवौं चरणको खेलमा बैंग्लोर र राजस्थान खेल्न लागेका हुन् । खेल नेपाली समय अनुसार अपरान्ह ३ः ४५ बजे सुरु हुनेछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेलमा बैंग्लोर जितको खोजीमा हुनेछ । अघिल्ला ८ खेलमा बैंगलोरले ५ जितसहित १० अंक जोडेको छ ।
राजस्थान पनि बैंगलोरलाई हराएर चौंथो जित निकाल्न चाहन्छ । ८ खेलमा ६ अंक जोडेको राजस्थान तालिकाको अन्तिम दोस्रो स्थानमा छ ।

यस्तै शनिबारनै हुने दोस्रो खेलमा चेन्नाई सुपर किंग्स र नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध दिल्ली क्यापिटल्स खेल्दैछन् । खेल नेपाली समय अनुसार राति ७ः४५ मा सारजहामा सुरु हुनेछ ।

यो पनि पढ्नुहोस्ः उमर गुलद्वारा सन्यास घोषणा