बार्सिलोनालाई गेटाफेको चुनौती

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शनिबार विभिन्न चार खेल हुँदैछन् । शनिबार राति बार्सिलोना, रियल मड्रिड र एथ्लेटिको मड्रिडले प्रतिपस्पर्धा गर्दैछन् ।

बार्सिलोनाले शनिबार गेटाफेको भ्रमण गर्नेछ । गेटाफेको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै बार्सिलोना तालिकामा बलियो बनाउने योजनामा हुनेछ । लिगमा तीन खेल खेलेको बार्सिलोनाले यसअघिका दुई खेलमा जित निकालेको छ ।

यस्तै गेटाफे पनि बार्सिलोनालाई घरेलु मैदानमा पराजित गर्ने दाउमा हुनेछ । यो खेलमा जित निकाले गेटाफेले लिगमा आफ्नो तेस्रो जित निकाल्ने छ । लिगमा चार खेल खेलेको गेटाफे एक खेलमा पराजित भएको थियो छ भने एक खेल बराबरी तथा दुई खेलमा जित निकाल्न सफल भएको थियो ।

त्यस्तै आजनै हुने अर्को खेलमा साविक विजेता रियल मड्रिडले काडिचको सामना गर्नेछ । रियलको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति १०ः१५ मा सुरु हुनेछ । आजको खेमला जित निकाल्दै रियल आफूलाई शीर्ष स्थानमा बलियो बनाउने योजनामा छ ।

शनिबार नै हुने पहिलो खेलमा ग्रानाडाले सेभियासँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै सेल्टा भिगोले एट्लेटिको मड्रिडसंग खेल्ने छ ।

यो पनि पढ्नुहोस्ः म्यान्चेस्टर सिटीलाई आर्सनलको चुनौती