मुरलीधरनको बायोपिकको बिषयमा बिबाद

एजेन्सी ।  श्रीलंकाका महान क्रिकेटर मुथैया मुरलीधरनले उनको जीवनमा प्रस्तावित बायोपिक ’८००’ खेलकुद उपलब्धीको संग्रह मात्र बन्नु पर्ने धारणा राखेका छन् । उनले आफ्नो क्रिकेट जीवनमा रहेका उपलव्धीहरुलाई संग्रह गर्ने बायोपिकलाई राजनीतिकरण गर्न नहुने बताए ।

मुरलीधरनको बायोपिक यो बर्ष बन्दैछ । उनको बायोपिकमा तमिलनाडु अभिनेता विजय सेतुपति अभिनय गर्दै छन् । शुक्रबार दक्षिण भारतका केही राजनीतिक दलहरूले मुरलीधरनले तमिलहरूलाई धोका दिएको आरोप लगाउदै विजय सेतुपतिलाई उनको बायोपिकमा अभिनय नगर्न भनेका थिए ।

मुरलीधरनले आफूलाई तमिलकोविरुद्ध रहेको आरोप लगाइएकोमा निराशा व्यक्त गरे ।

‘यो केवल राजनीतिक कारण र अज्ञानताका कारण भएको हो । मैले कहिले पनि निर्दोष जनताको हत्यालाई समर्थन गरिन’ ,  उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।

यो बिबाद श्रीलङकाको गृहयुद्धसंग जोडिएको बताईएको छ । मुरलीधनरले गृहयुद्धको पीडा बुझेको र गृह युद्धको दैरान उनको परिवारले कुलीको काम गरेको समेत बताए ।

उनले भने, ‘हामी पनि धेरै प्रभावित थियौं’

मुथैया मुरलीधरनले टेष्ट र एकदिबशिय क्रिकेटमा सर्वाधिक विकेट लिएका छन् । विश्व क्रिकेटका महान अफ स्पिनर मुरलीधरनले टेष्टमा ८०० र एकदिबशियमा ५३४ विकेट लिएका छन् । उनले टेष्ट क्रिकेटमा हात पारेको सफलताको आधारमा बयोपिकको नाम प्रस्ताव गरिएको छ ।

यो पनि पढ्नुहोस्ः  दिल्लीलाई शीर्ष स्थानमा उक्लिने मौका