होल्डर र पोलार्डको कप्तानीमा वेस्टइण्डिज टोलीको घोषणा

एजेन्सी ।  न्युजिल्याण्डविरुद्धको टेष्ट र टी–२० सिरिका लागि वेस्टइण्डिज टोलीको घोषणा भएकोे छ। वेस्टइण्डिज बोर्डले शनिबार टोलीको घोषणा गरेको हो ।

कोरोना महामारीबीच वेस्टइण्डिजले न्युजिल्याण भ्रमण गर्दै २ टेष्ट र ३ टी–२० सिरिज खेल्ने छ । बोर्डले टेष्ट र टी–२० खेल्ने अलग अलग २ टोली घोषणा गरेको हो ।

बोर्डले टेष्टकालागि जेसन होल्डरको कप्तानीमा १५ सदस्यीय टोली र काईरन पोलार्डको कप्तानिमा १४ सदस्यीय टी–२० टोली घोषणा गरेको हो ।

बोर्डले शनिबार सार्वजनिक भएको टि–२० टोलीमा ड्यारेन ब्राभो, किमो पल र शिमरन हेटमायरले पुनरागमन गरेका छन् भने साइ होप विस्फोटक ब्याट्सम्यान आन्द्रे रसेल र एभन लुइसको नाम समेटिएको छैन ।

विकेटकीपर ब्याट्सम्यान एन्ड्रे फ्लेचर २०१८ पछि पहिलोपटक टी–२० टोलीमा सामेल भएका छन् । साथै क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका अलराउण्डर काइल मायर्स टिममा परेका छन् । उनले न्युजिल्याण भ्रमणमा टिमका डेब्यू गर्नेछन् ।

२७ नोभेम्बरदेखि सुरु हुने भ्रमणमा वेस्टइण्डिजले न्युजिल्याण्डसंग तीन टी–२० र दुई टेस्ट सिरिज खेल्ने छ । सिरिज अन्तर्गत पहिले टि–२० नोभेम्बर २७ मा अकल्याण्डमा सुरुहुनेछ । दोस्रो र तेस्रो खेल नोभेम्बर २९ र ३० मा ओवलमा हुनेछन् ।

ह्यामिल्टनमा वेस्टइण्डिजले आफ्नो पहिलो टेष्ट म्याच डिसेम्बर ३ मा खेल्ने छ, भने दोस्रो टेष्ट डिसेम्बर ११ मा वेलिङटनमा खेल्ने छ ।

यो पनि पढ्नुहोस्ः  मुरलीधरनको बायोपिकको बिषयमा बिबाद