बैंग्लोरलाई राजस्थानको चुनौतीपूर्ण लक्ष

एजेन्सी ।  इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई १ सय ७८ रनको लक्ष दिएको छ । शनिबार जारी पहिलो खेलमा राजस्थान रोयल्सले  रोयल च्यालेन्जर्स बैंग्लोरलाई मध्यम लक्ष दिएको हो ।

युएईको दुबई इन्टरनेसनल मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षमतीमा १ सय ७७ रन बनायो ।

राजस्थानकाक लागि कप्तान स्टिभ स्मिथले ५७ रनको अर्धशतकीय पारि खेले । टिमका लागि उच्च स्कोर बनाएका उनले ३६ बलमा ६ चौका र १ छक्का हिर्काए । राजस्थानले आज स्मिथलाई तेस्रो नम्बरमा ब्याटिङका लागि पठाएको थियो । यस्तै आज ओपनिङमा आएका रोविन उथ्थपाले ४१ रन बनाए । २२ बलको सामना गरेका उथ्थपाले ७ चौका र १ छक्का प्रहार गरे । बेन स्टोक्स १५ र सन्जु सामनस ९ रनमा आउट भए । जस बटलरले २४ रन बनाउँदै पेविलियन फर्किए । जोफ्रा अर्चरले २ रन बनाउँदा राहुल टेबाटिया १९ रनमा अविजित रहे ।

बैंग्लोरका क्रिस मोरिसले ४ तथा युजवेन्द्र चाहलले २ विकेट लिए ।

यो पनि पढ्नुहोस्ः मुरलीधरनको बायोपिकको बिषयमा बिबाद