लिभरपुल र एभर्टनले बराबरी खेले

एजेन्सी ।  इन्जुरी समयमा हेन्डरसनले गरेको गोल अफसाइड घोषित भएपछि प्रिमियर लिग फुटबलमा एभर्टन र लिभरपुलले बराबरी खेलेका छन् । शनिबार साँझ सम्पन्न खेलमा लिभरपुल र एभर्टनले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

घरेलु मैदान गुडिसन पार्कमा अन्तिम समयमा १० खेलाडीमा सिमित भएपछि एभर्टन ३–२ ले पछि परेको थियो । तर ९० प्लस २ मिनेटमा हेन्डरसनले मानेको पासमा गरेको गोल भिएआरले अफसाइट घोषित गर्यो ।  यसअघि ९० मिनेट भित्र दुबै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

तेस्रो मिनेटमा स्याडियो मानेले गोल गरेपछि लिभरपुलले खेलमा अग्रता बनाएको थियो, तर १९ औं मिनेटमा मिचेल केनले बराबरी गोल फर्काए । यस्तै ७२ औं मिनेटमा मोहमद सलाहले लिभरपुललाई पुनः अग्रता दिलाए । फेरि एभर्टनका डोमिनिक कल्भर्ट लेविनले ८१ औं मिनेटमा बराबरी गोल फर्काए ।

खेलको ९० औं मिनेटमा रिर्चालिसन रातोकार्ड खाँदै मैदान बाहिरिएपछि एभर्टन १० खेलाडीमा सिमित भएको थियो ।

लिगमा एभर्टनको यो पहिलो बराबरी हो । बराबरीसंगै तालिकाको पहिलो स्थानमा रहेको एभर्टनको १३ अंक भएको छ । लिभरपुल भने ५ खेलमा १० अंक  जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

यो पनि पढ्नुहोस्ः मुरलीधरनको बायोपिकको बिषयमा बिबाद